होमपेज > भीषण वर्षाको पूर्वानुमान, सतर्क रहन आग्रह

भीषण वर्षाको पूर्वानुमान, सतर्क रहन आग्रह

बिज्ञापन

मौसमविदहरूले आगामी केही दिन देशभर भारी वर्षा हुने अनुमान गरेका छन्। त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान विषयका सहप्राध्यापक डा. विनोद पोखरेलले असोज १७ देखि २१ (अक्टोबर ३७) सम्म विशेषगरी पूर्वी नेपालमा भीषण वर्षा हुन सक्ने बताउँदै सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेका छन्।

डा. पोखरेलले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै भनेका छन्, “फोरकास्ट नमिलोस् भन्ने कामना गरौँ, तर गत वर्षझैँ असोजमा भीषण पानी पर्ने सम्भावना धेरै छ। हाल तीनवटा मौसम मोडेलले पनि सो अवधिमा लगातार भारी वर्षा हुने देखाएका छन्। भोलिदेखि वर्षा हल्का-मध्यम हुँदै बिहीबार रातिदेखि पूर्वी नेपालमा ठूलो पानी पर्न सुरु हुनेछ। यात्रा गर्दा ध्यान दिनुहोला, ३४ दिनसम्म भारी वर्षा हुने सम्भावना भएकाले कृषकहरूले पनि तयारी गर्न आवश्यक छ।”

यस्तै, मौसम पूर्वानुमान शाखाले मंगलबार बिहान जारी बुलेटिनमा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ।

गत वर्ष असोज १० देखि १३ गतेसम्म निरन्तर वर्षाका कारण देशभर ठूला जनधनको क्षति भएको थियो। यसैबीच भारतले पनि असोज १७१९ (अक्टोबर ३५) सम्म सिक्किम, पश्चिम बंगाल र बिहार क्षेत्रमा भारी वर्षाको ‘अलर्ट’ जारी गरिसकेको छ।

प्राधिकरणहरूले यात्रु, कृषक र स्थानीयवासीलाई सतर्क रहन, जोखिमपूर्ण क्षेत्रमा अनावश्यक यात्रा नगर्न र आपतकालीन तयारी गर्न आग्रह गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. हदबन्दीभन्दा बढी जग्गा राख्ने कम्पनी र संस्थाको स्थलगत अनुगमन गर्न निर्देशन
  2. देशभर जग्गाको सरकारी मूल्यांकन १० प्रतिशतसम्म बढ्यो, काठमाडौंमा प्रतिआना ७६ लाख ६० हजारसम्म
  3. शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल फेरि पक्राउ
  4. मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?
  5. १३ राजदूतका लागि ३ हजार आवेदन
  6. हस्तकला व्यवसायको विकास, विस्तार र संरक्षणका लागि सहकार्य गर्न सरकार तयार
  7. नेप्से करिब १४ अंकले घट्यो, ५ अर्ब १८ करोडको कारोबार
  8. एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ‘प्रदेश बचत खाता’ सुरु
  9. ३ करोड बिक्रीसँगै आयोन बन्यो विश्व ईभी बजारको शक्तिशाली ब्रान्ड
  10. १० तोलामै ५ हजार ४ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?
  11. ११ मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
  12. १२ अर्थमन्त्रीले ल्याएको कर, प्रधानमन्त्रीले हटाए : समता कर प्रकरणले उठाएको नीतिगत प्रश्न
  13. १३ अण्डाको मूल्य बढ्न थाल्यो, किसान अझै लागतभन्दा तल
  14. १४ प्रोटोन इ.मास ५ सार्वजनिकसँगै चार नयाँ सहरमा सोरुम र सर्भिस सेन्टर विस्तार
  15. १५ सामाजिक सुरक्षा भत्तामा ३२ लाख अनियमितता, वडा अध्यक्ष र सचिवसहित ४२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा