होमपेज > मस्क बने विश्वकै पहिलो खर्बपति

मस्क बने विश्वकै पहिलो खर्बपति

बिज्ञापन

अन्तरिक्ष प्रविधि कम्पनी स्पेसएक्सको सेयर बजारमा पहिलो कारोबारकै दिन उल्लेखनीय वृद्धि हासिल गरेको छ । यससँगै कम्पनीको बजार मूल्य २ खर्ब अमेरिकी डलरभन्दा माथि पुगेको छ भने संस्थापक एलन मस्क विश्वकै पहिलो खरबपति बन्न सफल भएका छन् ।

कम्पनीको सेयर प्रतिकित्ता १५० अमेरिकी डलरमा कारोबार सुरु भएको थियो । कारोबारका क्रममा सेयर मूल्य बढेर १७६.५२ अमेरिकी डलरसम्म पुगेको थियो । दिनको अन्त्यमा भने सेयर १६१.११ अमेरिकी डलरमा बन्द भएको थियो । प्रारम्भिक सार्वजनिक निष्कासनको लक्ष्य मूल्य १३५ अमेरिकी डलरको तुलनामा सेयर मूल्य १९.३४ प्रतिशतले बढेको हो ।

विश्लेषकहरूका अनुसार सेयर मूल्यमा भएको मजबुत वृद्धि, सीमित उतारचढाव तथा खुद्रा लगानीकर्ताबाट प्राप्त उच्च मागका कारण कम्पनीको प्रारम्भिक सार्वजनिक निष्कासन सफल भएको मानिएको छ। यस उपलब्धिसँगै स्पेसएक्स संयुक्त राज्य अमेरिकाको छैटौँ सबैभन्दा ठूलो सार्वजनिक कम्पनी बनेको छ ।

कर्भ इन्भेस्टमेन्ट म्यानेजमेन्टका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत हावार्ड चानले सेयरप्रति सुरुदेखिको माग हेर्दा यही परिणाम अपेक्षित रहेको बताएका छन् । उक्त कम्पनीले जुन महिनाभित्र स्पेसएक्समा लगानी गर्ने विनिमय कारोबार कोष सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।

भिस्टाशेयर्सका लगानी विभाग प्रमुख डेभिड फेदरस्टनहाउले पनि बजारको प्रतिक्रिया अपेक्षाअनुसार नै रहेको टिप्पणी गरेका छन् । शुक्रबार समग्र शेयर बजार पनि सामान्य रूपमा उकालो लागेको थियो । एस एन्ड पी पाँच सय सूचकांक ०.५ प्रतिशतले बढ्दा प्रविधि कम्पनीहरू केन्द्रित नास्डाक कम्पोजिट सूचकांक ०.३१ प्रतिशतले उकालो लागेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. हदबन्दीभन्दा बढी जग्गा राख्ने कम्पनी र संस्थाको स्थलगत अनुगमन गर्न निर्देशन
  2. देशभर जग्गाको सरकारी मूल्यांकन १० प्रतिशतसम्म बढ्यो, काठमाडौंमा प्रतिआना ७६ लाख ६० हजारसम्म
  3. शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल फेरि पक्राउ
  4. मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?
  5. १३ राजदूतका लागि ३ हजार आवेदन
  6. हस्तकला व्यवसायको विकास, विस्तार र संरक्षणका लागि सहकार्य गर्न सरकार तयार
  7. नेप्से करिब १४ अंकले घट्यो, ५ अर्ब १८ करोडको कारोबार
  8. एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ‘प्रदेश बचत खाता’ सुरु
  9. ३ करोड बिक्रीसँगै आयोन बन्यो विश्व ईभी बजारको शक्तिशाली ब्रान्ड
  10. १० तोलामै ५ हजार ४ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?
  11. ११ मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
  12. १२ अर्थमन्त्रीले ल्याएको कर, प्रधानमन्त्रीले हटाए : समता कर प्रकरणले उठाएको नीतिगत प्रश्न
  13. १३ अण्डाको मूल्य बढ्न थाल्यो, किसान अझै लागतभन्दा तल
  14. १४ प्रोटोन इ.मास ५ सार्वजनिकसँगै चार नयाँ सहरमा सोरुम र सर्भिस सेन्टर विस्तार
  15. १५ सामाजिक सुरक्षा भत्तामा ३२ लाख अनियमितता, वडा अध्यक्ष र सचिवसहित ४२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा