होमपेज > महिन्द्राले अत्याधुनिक फिचर सहितको इलेक्ट्रिक कुपे एक्सयूभी९०० ल्याउँदै

महिन्द्राले अत्याधुनिक फिचर सहितको इलेक्ट्रिक कुपे एक्सयूभी९०० ल्याउँदै

बिज्ञापन

महिन्द्रा एण्ड महिन्द्रा चाँडै नै नयाँ मोडल एक्सयूभी ९०० पेश गर्ने भएको छ । सो मोडल २०२५ भित्रै लन्च हुने सम्भावना रहेको छ र यसको आकर्षक डिजाइन, अत्याधुनिक प्रविधि र बलियो प्रदर्शनले सबै आकर्षित गर्नेछ ।

एक्सयूभी ९०० को डिजाइन एक्सयूभी एरोको अवधारणाबाट प्रेरित देखिन्छ । यसमा ढल्किएको छाना र अगाडिको भागमा बोल्ड र आक्रामक लुक दिइनेछ । यसको डिजाइन महिन्द्राको आगामी पुस्ताका कुपे एसयूभीको आधार बन्ने अपेक्षा गरिएको छ । सो एसयूभीको लम्बाइ ४७९० एमएम, चौडाइ १९०५ एमएम र उचाइ १६९० एमएम हुनेछ । साथै यसमा २७७५ एमएमको ह्विलबेस हुनेछ ।

रिपोर्ट अनुसार एक्सयूभी ९०० महिन्द्राको नयाँ एङ्ग्लो ईभी प्लेटफर्ममा निर्माण गरिनेछ । सो प्लेटफर्म विशेष रूपमा इलेक्ट्रिक सवारी साधनको लागि विकास गरिएको हो । यसमा ६० किलोवाट र ८० किलोवाट गरी दुई फरक ब्याट्री विकल्प समावेश गरिनेछ । यसको ब्याट्री एक पटक चार्ज गर्दा ४०० किलोमिटरभन्दा बढीको रेन्ज दिने दाबी गरिएको छ ।

एक्सयूभी ९०० मा तीन वटा १२.३–इन्चको डिस्प्ले हुनेछ, जसले इन्फोटेनमेन्ट, चालक जानकारी र सहयात्री अनुभवलाई नयाँ स्तरमा पुर्‍याउनेछ । स्टेयरिङ ह्विल टु –स्पोक शैलीको हुनेछ । साथै, प्यानोरामिक सनरुफ, एम्बियन्ट लाइटिङ, उच्च९गुणस्तरको अपहोल्स्ट्रीजस्ता सुविधा पनि हुनेछ ।

सेफ्टीका लागि एडास सिस्टम अन्तर्गत एडाप्टिभ क्रूज कन्ट्रोल, लेन९कीपिङ असिस्ट, अटो-पार्किङ सुविधा पनि उपलब्ध गराइनेछ । एक्सयूभी९०० ले टाटाको आगामी कुपे एसयूभी र टाटा कर्भसँग प्रतिस्पर्धा गर्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. हदबन्दीभन्दा बढी जग्गा राख्ने कम्पनी र संस्थाको स्थलगत अनुगमन गर्न निर्देशन
  2. देशभर जग्गाको सरकारी मूल्यांकन १० प्रतिशतसम्म बढ्यो, काठमाडौंमा प्रतिआना ७६ लाख ६० हजारसम्म
  3. शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल फेरि पक्राउ
  4. मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?
  5. १३ राजदूतका लागि ३ हजार आवेदन
  6. हस्तकला व्यवसायको विकास, विस्तार र संरक्षणका लागि सहकार्य गर्न सरकार तयार
  7. नेप्से करिब १४ अंकले घट्यो, ५ अर्ब १८ करोडको कारोबार
  8. एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ‘प्रदेश बचत खाता’ सुरु
  9. ३ करोड बिक्रीसँगै आयोन बन्यो विश्व ईभी बजारको शक्तिशाली ब्रान्ड
  10. १० तोलामै ५ हजार ४ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?
  11. ११ मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
  12. १२ अर्थमन्त्रीले ल्याएको कर, प्रधानमन्त्रीले हटाए : समता कर प्रकरणले उठाएको नीतिगत प्रश्न
  13. १३ अण्डाको मूल्य बढ्न थाल्यो, किसान अझै लागतभन्दा तल
  14. १४ प्रोटोन इ.मास ५ सार्वजनिकसँगै चार नयाँ सहरमा सोरुम र सर्भिस सेन्टर विस्तार
  15. १५ सामाजिक सुरक्षा भत्तामा ३२ लाख अनियमितता, वडा अध्यक्ष र सचिवसहित ४२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा