होमपेज > मुक्तिनाथ विकास बैंक र साउथवेस्ट्रन बिजनेश कलेजबीच सम्झौता

मुक्तिनाथ विकास बैंक र साउथवेस्ट्रन बिजनेश कलेजबीच सम्झौता

बिज्ञापन

मुक्तिनाथ विकास बैंक र साउथवेस्ट्रन बिजनेश कलेजबीच बैंकिङ साक्षरता अभिवृद्धि तथा व्यावसायिक आदानप्रदानको उद्देश्यले एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ।

यो सम्झौता अन्तर्गत बैंकले कलेजका विद्यार्थीहरूलाई बैंकिङ साक्षरता कार्यक्रम सञ्चालन गर्नेछ। यस कार्यक्रममार्फत विद्यार्थीहरूले आधुनिक बैंकिङ प्रणाली, वित्तीय योजना र लगानीसम्बन्धी ज्ञान हासिल गर्न सक्नेछन्।

साथै, बैंकले योग्य विद्यार्थीहरूलाई इन्टर्नशिप र प्रशिक्षणको अवसर पनि प्रदान गर्नेछ। यसले विद्यार्थीहरूको क्षमता विकास, वित्तीय जागरूकता अभिवृद्धि, विद्युतीय कारोबारका जोखिमबारे सचेतना र रोजगारीका अवसरहरू सिर्जना गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

यो सम्झौताले बैंक र कलेजबीच दीर्घकालीन सहकार्यको आधार तयार गरेको छ। जसबाट विद्यार्थीहरूले व्यावहारिक ज्ञान प्राप्त गर्नुका साथै रोजगारीको अवसरसमेत पाउनेछन्।

यसैबीच, मुक्तिनाथ विकास बैंकले हालै “एक फाइदा अनेक” नारा सहित ‘मुक्तिनाथ फाइदा एप’ सञ्चालनमा ल्याएको छ। यसका साथै मोबाइल बैंकिङ, क्यूआर कोड स्क्यान, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, र खातामै रेमिट्यान्स जम्मा गर्न सकिने सुविधाहरू पनि उपलब्ध गराएको छ। यी सबै सेवाहरू बैंकको शाखामा उपस्थित नभई घरबाटै प्रयोग गर्न सकिने व्यवस्था मिलाइएको बैंकले जनाएको छ।

यो सहकार्य र प्रविधिमैत्री सेवाले विद्यार्थी तथा ग्राहकहरूलाई थप सुविधा र अवसर प्रदान गर्ने विश्वास गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. हदबन्दीभन्दा बढी जग्गा राख्ने कम्पनी र संस्थाको स्थलगत अनुगमन गर्न निर्देशन
  2. देशभर जग्गाको सरकारी मूल्यांकन १० प्रतिशतसम्म बढ्यो, काठमाडौंमा प्रतिआना ७६ लाख ६० हजारसम्म
  3. शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल फेरि पक्राउ
  4. मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?
  5. १३ राजदूतका लागि ३ हजार आवेदन
  6. हस्तकला व्यवसायको विकास, विस्तार र संरक्षणका लागि सहकार्य गर्न सरकार तयार
  7. नेप्से करिब १४ अंकले घट्यो, ५ अर्ब १८ करोडको कारोबार
  8. एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ‘प्रदेश बचत खाता’ सुरु
  9. ३ करोड बिक्रीसँगै आयोन बन्यो विश्व ईभी बजारको शक्तिशाली ब्रान्ड
  10. १० तोलामै ५ हजार ४ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?
  11. ११ मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
  12. १२ अर्थमन्त्रीले ल्याएको कर, प्रधानमन्त्रीले हटाए : समता कर प्रकरणले उठाएको नीतिगत प्रश्न
  13. १३ अण्डाको मूल्य बढ्न थाल्यो, किसान अझै लागतभन्दा तल
  14. १४ प्रोटोन इ.मास ५ सार्वजनिकसँगै चार नयाँ सहरमा सोरुम र सर्भिस सेन्टर विस्तार
  15. १५ सामाजिक सुरक्षा भत्तामा ३२ लाख अनियमितता, वडा अध्यक्ष र सचिवसहित ४२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा