होमपेज > युनाइटेड अजोड इन्स्योरेन्सद्धारा ३१औँ वार्षिक साधारणसभा आह्वान

युनाइटेड अजोड इन्स्योरेन्सद्धारा ३१औँ वार्षिक साधारणसभा आह्वान

बिज्ञापन

युनाइटेड अजोड इन्स्योरेन्सले आफ्नो ३१ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ। इन्स्योरेन्स कम्पनी सञ्चालक समितिको बसेको बैठकले वार्षिक साधारण सभा असार ३० गते आयोजना गर्ने निर्णय गरेको हो।

साधारण सभाले गत आर्थिक वर्ष २०८०/८१ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजी २ अर्ब १० करोड रुपैयाँको कुल १०।५२६३ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा १० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.५२६३ प्रतिशत नगद लाभांश छन्। साधारण सभाले बोनस शेयर वितरणपछि कायम हुने चुक्तापुँजी २ अर्ब ३१ करोड रुपैयाँको १० प्रतिशत हकप्रद जारी गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यस अघि कम्पनीले बोनस शेयर घोषणा गर्नुअघि हाल कायम चुक्तापुँजी २ अर्ब १० करोड रुपैयाँको १५ प्रतिशतले हुन आउने हकप्रद शेयर जारी गर्ने विशेष प्रस्ताव साधारण सभामा लैजाने तयारी गरेको थियो। तर, बोनस शेयर वितरणपछि इन्स्योरेन्स कम्पनीले हकप्रद शेयरको आकार १० प्रतिशतमा झारेको हो।

हकप्रद शेयर जारीपछि इन्स्योरेन्स कम्पनीको चुक्तापुँजी २ अर्ब ५४ करोड १० लाख रुपैयाँ कायम हुनेछ। नेपाल बीमा प्राधिकरणले निर्जीवन बीमा कम्पनीहरुको न्यूनतम चुक्तापुँजी २ अर्ब ५० करोड रुपैयाँ तोकेको छ। यसैगरी साधारण सभाले नियमनकारी निकायबाट कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा कुनै फेरबदल गर्न निर्देशन प्राप्त भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव अनुमोदन गर्नेछ।

साधारण सभामा सञ्चालकहरुको नियुक्ति अनुमोदन गर्नेछ। सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको आर्थिक प्रतिवेदन स्वीकृत गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण सम्बन्धी प्रस्ताव पनि अनुमोदन गर्नेछ। वार्षिक साधारण सभा र लाभांश प्रयोजनार्थ कम्पनीले असार १९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ असार १९ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र इन्स्योरेन्स सभामा भाग लिन योग्य हुनेछन्।

साधारण सभा काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्यांक्वेट एन्ड इभेन्टमा बिहान १०ः३० बजेबाट सुरु हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. प्रधानमन्त्री शाहले अर्ग्यानिक कृषि क्षेत्रका व्यवसायीसँग छलफल गर्दै
  2. विद्युत् निर्यातबाट नेपालले कमायो २९ अर्ब, ऊर्जा व्यापारमा १८ अर्ब ७६ करोडको खुद बचत
  3. नेपालको सार्वजनिक ऋण ३० खर्ब नजिक, एक वर्षमै ३ खर्बभन्दा बढीले बढ्यो
  4. हदबन्दीभन्दा बढी जग्गा राख्ने कम्पनी र संस्थाको स्थलगत अनुगमन गर्न निर्देशन
  5. देशभर जग्गाको सरकारी मूल्यांकन १० प्रतिशतसम्म बढ्यो, काठमाडौंमा प्रतिआना ७६ लाख ६० हजारसम्म
  6. शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल फेरि पक्राउ
  7. मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?
  8. १३ राजदूतका लागि ३ हजार आवेदन
  9. हस्तकला व्यवसायको विकास, विस्तार र संरक्षणका लागि सहकार्य गर्न सरकार तयार
  10. १० नेप्से करिब १४ अंकले घट्यो, ५ अर्ब १८ करोडको कारोबार
  11. ११ एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ‘प्रदेश बचत खाता’ सुरु
  12. १२ ३ करोड बिक्रीसँगै आयोन बन्यो विश्व ईभी बजारको शक्तिशाली ब्रान्ड
  13. १३ तोलामै ५ हजार ४ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?
  14. १४ मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
  15. १५ अर्थमन्त्रीले ल्याएको कर, प्रधानमन्त्रीले हटाए : समता कर प्रकरणले उठाएको नीतिगत प्रश्न