होमपेज > यूके पठाइदिन्छु भन्दै ११ करोड ६ लाख ठगी गर्ने दुई पुरुष पक्राउ

यूके पठाइदिन्छु भन्दै ११ करोड ६ लाख ठगी गर्ने दुई पुरुष पक्राउ

बिज्ञापन

वैदेशिक रोजगारीका लागि यूके (बेलायत) पठाइदिने प्रलोभन देखाएर ठगी गर्ने दुई जना पुरुष पक्राउ परेका छन्।

पक्राउ पर्नेमा मोरङ रतुवामाई नगरपालिका–१० स्थायी ठेगाना भई हाल काठमाडौं सरस्वती नगर बसोबास गर्ने ४४ वर्षीय लक्ष्मण पराजुली र धनुषा सबेला नगरपालिका–१२ स्थायी ठेगाना भई हाल काठमाडौं नरेफाँट बसोबास गर्ने ४७ वर्षीय अरुण राज शर्मा रहेका छन्।

उनीहरूलाई काठमाडौं महानगरपालिका–३२ नरेफाँटबाट प्रहरीले पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको हो। महेश लिम्बुले दिएको जाहेरीका आधारमा वैदेशिक रोजगार विभाग, ताहाचलको अनुरोधमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ।

अनुसन्धानको क्रममा हालसम्म ३८ जना पीडितबाट यूके पठाइदिने भन्दै झण्डै ११ करोड ६ लाख ९७ हजार रुपैयाँ ठगी गरिएको खुलेको काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी काजी कुमार आचार्यले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. हदबन्दीभन्दा बढी जग्गा राख्ने कम्पनी र संस्थाको स्थलगत अनुगमन गर्न निर्देशन
  2. देशभर जग्गाको सरकारी मूल्यांकन १० प्रतिशतसम्म बढ्यो, काठमाडौंमा प्रतिआना ७६ लाख ६० हजारसम्म
  3. शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल फेरि पक्राउ
  4. मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?
  5. १३ राजदूतका लागि ३ हजार आवेदन
  6. हस्तकला व्यवसायको विकास, विस्तार र संरक्षणका लागि सहकार्य गर्न सरकार तयार
  7. नेप्से करिब १४ अंकले घट्यो, ५ अर्ब १८ करोडको कारोबार
  8. एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ‘प्रदेश बचत खाता’ सुरु
  9. ३ करोड बिक्रीसँगै आयोन बन्यो विश्व ईभी बजारको शक्तिशाली ब्रान्ड
  10. १० तोलामै ५ हजार ४ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?
  11. ११ मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
  12. १२ अर्थमन्त्रीले ल्याएको कर, प्रधानमन्त्रीले हटाए : समता कर प्रकरणले उठाएको नीतिगत प्रश्न
  13. १३ अण्डाको मूल्य बढ्न थाल्यो, किसान अझै लागतभन्दा तल
  14. १४ प्रोटोन इ.मास ५ सार्वजनिकसँगै चार नयाँ सहरमा सोरुम र सर्भिस सेन्टर विस्तार
  15. १५ सामाजिक सुरक्षा भत्तामा ३२ लाख अनियमितता, वडा अध्यक्ष र सचिवसहित ४२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा