होमपेज > राष्ट्रिय सहकारी बैंक २२ औं वर्षमा प्रवेश, ७७ वटै जिल्लामा सदस्यता विस्तार गर्दै

राष्ट्रिय सहकारी बैंक २२ औं वर्षमा प्रवेश, ७७ वटै जिल्लामा सदस्यता विस्तार गर्दै

बिज्ञापन

राष्ट्रिय सहकारी बैंक लिमिटेड २२ औं वर्षमा प्रवेश गरेको छ । २०६० असार २५ गते सहकारी विभागमा दर्ता भई २०६१ साउन १९ गतेबाट कारोबार सुरुगरेको थियो । बैंकले कारोबार शुभारम्भ गरेको दिन साउन १९ लाई स्थापना तथा कारोबार शुभारम्भ दिवसका रुपमा मनाउदै आएको छ ।

२०६७ साउन १० गते नेपाल राष्ट्र बैंकबाट सिमित बैंकिङ कारोबारको अनुमति पाएको बैंकले देशभरका सहकारी संघ संस्थाहरुसँग कारोबार गर्दै आइरहेको छ । २१ वर्षे यात्रामा सहकारी क्षेत्रलाई नै आफ्नो प्रमुख कार्यक्षेत्र बनाएको बैंकले आर्थिक वर्ष २०८०/०८१ को असार मसान्तसम्म ६९ अर्ब ५५ करोड कुल सम्पत्ति पुर्याउन सफल भएको छ । ७७ वटै जिल्लामा सदस्यता विस्तार गर्दै १६ हजार ३ सय २८ सहकारी संघ संस्थाहरुमार्फत करिब ३५ लाख व्यक्तिहरु आवद्ध भइसकेको र बाँकी सहकारी संस्थाहरुले पनि सदस्यता लिने क्रम जारी रहि रहेको बैंकले जनाएको छ । बैंकले देशभर ६८ वटा शाखाहरु मार्फत सहकारी संघसंस्थाहरुलाई उत्कृष्ट वित्तीय तथा गैर–वित्तीय सेवा प्रदान गरिरहेको छ ।

बैंकले सदस्य सहकारी संघरसंस्थाहरुलाई वित्तीय सेवाका अतिरिक्त संस्थागत सुशासन एवम् वित्तीय अनुशासनका लागि सहकारी स्तरीकरण, तालिम तथा शिक्षा, डिजिटलाइजेसन, सहकारी अभियानको संरक्षण र सम्वद्र्धनका लागि पहलकदमी जस्ता विविध गतिविधिहरु सञ्चालन गर्दै आइरहेको बैंकले जनाएको छ । सदस्यहरुबीच लोकप्रिय रहेको सदस्य शिक्षा कार्यक्रम अन्तर्गत इ–पुस्तकालय, समसामयिक विषयमा हरेक हप्ता परामर्श सेवा र सहयोग, जानकारीमुलक कार्यक्रम तथा सदस्य सम्मान कार्यक्रमको आयोजनाका कारणले पनि सदस्यहरुमा हौसला तथा उत्प्रेरणा जगाउने कार्यमा मद्दत पुग्नुको साथै बैंक प्रतिको सम्बन्ध अझ प्रगाढ बन्दै गएको बैंकले जनाएको छ ।

बैंकले आफ्नो कार्य सञ्चालन गर्ने दौरानमा नियामकीय प्रावधानहरुको प्रारुपलाई पालना गर्दै वित्तीय जवाफदेहीता, पारदर्शिता, निष्पक्षता, बचतकर्ताको निक्षेप सुरक्षण तथा सुरक्षित कर्जा लगानी र अन्तरर्निहित जोखिम व्यवस्थापनलाई प्राथमिकतामा राखी कार्यसम्पादन गर्दै आएकोले पनि बैंकले सदस्यमैत्री सेवा प्रदान गर्न सक्षम उल्लेख गरेको छ । बैंकले ‘उत्कृष्ट वित्तीय सेवा सहितको सहकारी बैंक’ परिकल्पना गरी १० वर्षे रणनीतिक योजना तय गरी बैंक अघि बढिरहेको बैंकका प्रमुख कार्यकारी अधिकृत बद्री कुमार गुरागाईंले बताए । बैंकले २२ औं स्थापना दिवसको अवसरमा सातवटै प्रदेशमा एकै दिनमा ‘सहकारीको बर्तमान अवस्था र भावी कार्यदिशा बिषयक प्रदेशस्तरीय गोष्ठी एवं सदस्य सम्मान कार्यक्रम’ को आयोजना गरेको थियो । कार्यक्रममा गत पुसमा सम्पन्न बैंकको २० औं वार्षिक साधारण सभामा घोषणा भएको व्यक्ति तथा संघसंस्थाहरुको विभिन्न विधाको पुरस्कार वितरण गरेको बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. हदबन्दीभन्दा बढी जग्गा राख्ने कम्पनी र संस्थाको स्थलगत अनुगमन गर्न निर्देशन
  2. देशभर जग्गाको सरकारी मूल्यांकन १० प्रतिशतसम्म बढ्यो, काठमाडौंमा प्रतिआना ७६ लाख ६० हजारसम्म
  3. शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल फेरि पक्राउ
  4. मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?
  5. १३ राजदूतका लागि ३ हजार आवेदन
  6. हस्तकला व्यवसायको विकास, विस्तार र संरक्षणका लागि सहकार्य गर्न सरकार तयार
  7. नेप्से करिब १४ अंकले घट्यो, ५ अर्ब १८ करोडको कारोबार
  8. एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ‘प्रदेश बचत खाता’ सुरु
  9. ३ करोड बिक्रीसँगै आयोन बन्यो विश्व ईभी बजारको शक्तिशाली ब्रान्ड
  10. १० तोलामै ५ हजार ४ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?
  11. ११ मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
  12. १२ अर्थमन्त्रीले ल्याएको कर, प्रधानमन्त्रीले हटाए : समता कर प्रकरणले उठाएको नीतिगत प्रश्न
  13. १३ अण्डाको मूल्य बढ्न थाल्यो, किसान अझै लागतभन्दा तल
  14. १४ प्रोटोन इ.मास ५ सार्वजनिकसँगै चार नयाँ सहरमा सोरुम र सर्भिस सेन्टर विस्तार
  15. १५ सामाजिक सुरक्षा भत्तामा ३२ लाख अनियमितता, वडा अध्यक्ष र सचिवसहित ४२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा