होमपेज > वन कार्यालयमा विभिन्न पदमा दरखास्त आह्वान, दिने होइन त आवेदन?

वन कार्यालयमा विभिन्न पदमा दरखास्त आह्वान, दिने होइन त आवेदन?

बिज्ञापन

कोशीमा वन कार्यालय अन्तर्गत विभिन्न पदमा दरखास्त आह्वान गरिएको छ। प्रदेश निजामती सेवा अन्तर्गत प्राविधिक तर्फका प्रदेश वन सेवा, जनरल फरेष्ट्री समूह, सहायक स्तर तेस्रो तह, वन रक्षक पदको खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाको विज्ञापन प्रकाशित गरिएको हो।

प्रदेश निजामती सेवा तर्फका निम्न सेवा, समूह, उपसमूह तथा तहका पदहरूमा (खुला तथा समावेशी) प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नुपर्ने भएको उल्लेख गर्दै आयोगले योग्यता पुगेका उम्मेदवारहरूबाट दरखास्त आह्वान गरेको हो। आयोगको सूचनाअनुसार वन रक्षकमा खुलातर्फ १७, आदिवासी जनजातितर्फ ५, महिला ४, दलित, थारु, मधेशी र मुस्लिमतर्फ एक–एक जनाका लागि दरखास्त आह्वान गरिएको छ।

योग्यता पुगेका उम्मेदवारहरूले आयोगको अनलाइन दरखास्त प्रणाली psconline.p1.gov.np मार्फत आवेदन दिनुपर्ने जनाइएको छ। लिखित परीक्षा, शारीरिक परीक्षण तथा तन्दुरुस्ती परीक्षाको परीक्षा केन्द्र आयोगले पछि सूचना प्रकाशन गरे बमोजिम हुनेछ। प्रत्येक विज्ञापनका लागि दरखास्त दस्तुर चार सय रुपैयाँ बुझाउनुपर्नेछ।

समावेशी समूह तर्फका थप विज्ञापनमा आवेदन दिने उम्मेदवारको हकमा प्रत्येक थप समूहका लागि एक सय रुपैयाँ थप दस्तुर बुझाउनुपर्ने जनाइएको छ। दरखास्त दिने अन्तिम मिति माघ २० गते र दोब्बर दस्तुर तिरी माघ २७ गतेसम्म रहेको छ। दरखास्त दस्तुर आयोगको अनलाइन दरखास्त प्रणाली मार्फत विद्युतीय माध्यमबाट सोझै वा मास्टर आइडी र कारोबार संकेत नम्बर उल्लेख भएको बैंक भौचर प्रिन्ट गरी तोकिएका बैंकबाट नगद समेत बुझाउन सकिने आयोगले सार्वजनिक गरेको सूचनामा उल्लेख छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. हदबन्दीभन्दा बढी जग्गा राख्ने कम्पनी र संस्थाको स्थलगत अनुगमन गर्न निर्देशन
  2. देशभर जग्गाको सरकारी मूल्यांकन १० प्रतिशतसम्म बढ्यो, काठमाडौंमा प्रतिआना ७६ लाख ६० हजारसम्म
  3. शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल फेरि पक्राउ
  4. मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?
  5. १३ राजदूतका लागि ३ हजार आवेदन
  6. हस्तकला व्यवसायको विकास, विस्तार र संरक्षणका लागि सहकार्य गर्न सरकार तयार
  7. नेप्से करिब १४ अंकले घट्यो, ५ अर्ब १८ करोडको कारोबार
  8. एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ‘प्रदेश बचत खाता’ सुरु
  9. ३ करोड बिक्रीसँगै आयोन बन्यो विश्व ईभी बजारको शक्तिशाली ब्रान्ड
  10. १० तोलामै ५ हजार ४ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?
  11. ११ मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
  12. १२ अर्थमन्त्रीले ल्याएको कर, प्रधानमन्त्रीले हटाए : समता कर प्रकरणले उठाएको नीतिगत प्रश्न
  13. १३ अण्डाको मूल्य बढ्न थाल्यो, किसान अझै लागतभन्दा तल
  14. १४ प्रोटोन इ.मास ५ सार्वजनिकसँगै चार नयाँ सहरमा सोरुम र सर्भिस सेन्टर विस्तार
  15. १५ सामाजिक सुरक्षा भत्तामा ३२ लाख अनियमितता, वडा अध्यक्ष र सचिवसहित ४२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा