होमपेज > शिखर इन्स्योरेन्सको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक

शिखर इन्स्योरेन्सको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक

बिज्ञापन

शिखर इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । वित्तीय विवरण अनुसार कम्पनीको अधिकांश सूचक सामान्य बृद्धि भएको छ ।

२ अर्ब ९२ करोड रपैयाँ शेयर पूँजी भएको इन्स्योरेन्स कम्पनीको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म विशेष जगेडामा १ अर्ब ८६ करोड ६० लाख रुपैयाँ, महाविपत्ति कोषमा १५ करोड ५९ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा १६ करोड २३ लाख रुपैयाँ र अन्य इक्विटीमा ६१ करोड ६१ लाख रुपैयाँ रहेको छ।

इन्स्योरेन्स कम्पनीले तेस्रो त्रैमाससम्म ३५ करोड ७० लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले ३५ करोड ७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा अवधिमा इन्स्योरेन्स कम्पनीको नाफा सामान्य बढेको हो ।

तेस्रो त्रैमाससम्म इन्स्योरेन्स कम्पनीले ३ अर्ब ७३ करोड ३८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म इन्स्योरेन्स कम्पनीले ३ अर्ब ५२ करोड ७० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमाशुल्क आर्जन सामान्य बढेको छ।

इन्स्योरेन्स कम्पनीले समीक्षा अवधिसम्म १ अर्ब २० करोड ८३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म इन्स्योरेन्स कम्पनीले १ अर्ब ३ करोड ६६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा खुद बीमाशुल्क १६.५६ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिसम्ममा इन्स्योरेन्स कम्पनीले पुनर्बीमा मार्फत २ अर्ब ५२ करोड रुपैयाँ खर्चिएको छ । अघिल्लो वर्षको यसै अवधिमा इन्स्योरेन्स कम्पनीले पुनर्बीमा मार्फत २ अर्ब ४९ करोड खर्चिएको थियो ।

समीक्षा अवधिसम्म इन्स्योरेन्स कम्पनीको सोल्भेन्सी मार्जिन रेसियो ३ दशलमव ६७ प्रतिशत रहेको छ । कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) १६ रुपैयाँ २९ पैसा रहेको छ। पीई रेसियो ४६.८१ गुणा रहेको छ । इन्स्योरेन्स कम्पनीको प्रतिशेयर नेटवर्थ १९५.८१ रुपैयाँ रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. हदबन्दीभन्दा बढी जग्गा राख्ने कम्पनी र संस्थाको स्थलगत अनुगमन गर्न निर्देशन
  2. देशभर जग्गाको सरकारी मूल्यांकन १० प्रतिशतसम्म बढ्यो, काठमाडौंमा प्रतिआना ७६ लाख ६० हजारसम्म
  3. शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल फेरि पक्राउ
  4. मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?
  5. १३ राजदूतका लागि ३ हजार आवेदन
  6. हस्तकला व्यवसायको विकास, विस्तार र संरक्षणका लागि सहकार्य गर्न सरकार तयार
  7. नेप्से करिब १४ अंकले घट्यो, ५ अर्ब १८ करोडको कारोबार
  8. एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ‘प्रदेश बचत खाता’ सुरु
  9. ३ करोड बिक्रीसँगै आयोन बन्यो विश्व ईभी बजारको शक्तिशाली ब्रान्ड
  10. १० तोलामै ५ हजार ४ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?
  11. ११ मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
  12. १२ अर्थमन्त्रीले ल्याएको कर, प्रधानमन्त्रीले हटाए : समता कर प्रकरणले उठाएको नीतिगत प्रश्न
  13. १३ अण्डाको मूल्य बढ्न थाल्यो, किसान अझै लागतभन्दा तल
  14. १४ प्रोटोन इ.मास ५ सार्वजनिकसँगै चार नयाँ सहरमा सोरुम र सर्भिस सेन्टर विस्तार
  15. १५ सामाजिक सुरक्षा भत्तामा ३२ लाख अनियमितता, वडा अध्यक्ष र सचिवसहित ४२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा