होमपेज > सक्सेस एजुकेशन काठमाडौंको पुतलीसडकमा नयाँ भवनमा स्थानान्तरण

सक्सेस एजुकेशन काठमाडौंको पुतलीसडकमा नयाँ भवनमा स्थानान्तरण

बिज्ञापन

विदेश अध्ययनको क्षेत्रमा क्रियाशील सक्सेस एजुकेशन काठमाडौंले गत शुक्रबार एक विशेष समारोहका बीच आफ्नो सेवा केन्द्रलाई पुतलीसडक, प्रदर्शनी मार्गस्थित नयाँ भवनमा स्थानान्तरण गरेको छ। उक्त उद्घाटन समारोहको सुरुवात अमिर थापाको हातबाट रिबन काटेर गरिएको थियो।

अबदेखि संस्थाले यही स्थानबाट औपचारिक सेवा प्रवाह गर्नेछ। स्थानान्तरण समारोहमा नेपाली कांग्रेस जनसम्पर्क प्रमुख किरण पौडेल, राष्ट्रिय सभा सदस्य जितजंग बस्नेत, कांग्रेस नेताहरू अन्जान लामा र सरोज कुमार थापा, जनसम्पर्क केन्द्रिय सदस्य इन्द्र कमल बुढाथोकी, डा. जगनाथ काफ्ले लगायत राजनीतिक, शैक्षिक तथा सामाजिक क्षेत्रका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।

विगत १९ वर्ष देखि अष्ट्रेलियामा रहेका आदर्श जंग पाण्डेले कार्यक्रममा स्वागत मन्तव्य राख्दै भने- अष्ट्रेलियामा कोही पढ्न जाने सोचिरहनु भएको छ भने पढ्न मात्रै नभइ स्किल माइग्रेसन भए सिधै पिआर पाइन्छ । साथै उनले एकपटक सेवा दिएर आफैलै अनुभव लिन पनि आग्रह गरेका छन् ।

त्यसैगरि सक्सेस एजुकेशन काठमाडौँका एमडी विजयराज रिजालले बैदेशिक शिक्षामा जाने इच्छुक विद्यार्थीहरुलागि अझ सेवा मिल्योस् भन्ने हेतुले पुतलीसडकबाट सेवा विस्तार गर्न लागेको बताए । साथै विगत ४ बर्षदेखि निरन्तर बैदेशिक शिक्षामा जाने इच्छुक विद्यार्थीहरुलागि हरेक क्षेत्रबाट सहयोग गर्दै आएर गर्दै जाने दृढ संकल्प गरेका छन् । सक्सेस एजुकेशनले अष्ट्रेलिया लगायत विभिन्न देशमा उच्च शिक्षा हासिल गर्न चाहने नेपाली विद्यार्थीहरूलाई शैक्षिक परामर्श, भिसा प्रक्रिया, स्किल माइग्रेसन लगायतका सेवा प्रदान गर्दै आएको छ।

संस्थाले विगत ८ वर्षदेखि विश्वसनीय र समर्पित सेवा प्रदान गर्दै हजारौं विद्यार्थीलाई सफलतापूर्वक विदेश अध्ययनको यात्रा तय गराउन सहयोग गरेको जनाएको छ। पुतलीसडकस्थित नयाँ स्थानमा सेवा विस्तारसँगै संस्थाले सेवा गुणस्तरलाई अझ प्रभावकारी र सुदृढ बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. हदबन्दीभन्दा बढी जग्गा राख्ने कम्पनी र संस्थाको स्थलगत अनुगमन गर्न निर्देशन
  2. देशभर जग्गाको सरकारी मूल्यांकन १० प्रतिशतसम्म बढ्यो, काठमाडौंमा प्रतिआना ७६ लाख ६० हजारसम्म
  3. शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल फेरि पक्राउ
  4. मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?
  5. १३ राजदूतका लागि ३ हजार आवेदन
  6. हस्तकला व्यवसायको विकास, विस्तार र संरक्षणका लागि सहकार्य गर्न सरकार तयार
  7. नेप्से करिब १४ अंकले घट्यो, ५ अर्ब १८ करोडको कारोबार
  8. एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ‘प्रदेश बचत खाता’ सुरु
  9. ३ करोड बिक्रीसँगै आयोन बन्यो विश्व ईभी बजारको शक्तिशाली ब्रान्ड
  10. १० तोलामै ५ हजार ४ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?
  11. ११ मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
  12. १२ अर्थमन्त्रीले ल्याएको कर, प्रधानमन्त्रीले हटाए : समता कर प्रकरणले उठाएको नीतिगत प्रश्न
  13. १३ अण्डाको मूल्य बढ्न थाल्यो, किसान अझै लागतभन्दा तल
  14. १४ प्रोटोन इ.मास ५ सार्वजनिकसँगै चार नयाँ सहरमा सोरुम र सर्भिस सेन्टर विस्तार
  15. १५ सामाजिक सुरक्षा भत्तामा ३२ लाख अनियमितता, वडा अध्यक्ष र सचिवसहित ४२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा