होमपेज > सभापति लामिछानेलाई जिल्ला अदालत कास्कीमा उपस्थित गराइयो

सभापति लामिछानेलाई जिल्ला अदालत कास्कीमा उपस्थित गराइयो

बिज्ञापन

सहकारी ठगी र संगठित अपराध कसुरमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ।उनलाई आइतबार न्यायाधीश नबराज दाहालको इजलासमा पेश गरिने छ। जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धानका लागि पक्राउ परेका लामिछानेलाई अदालतमा उपस्थित गराइएको हो।

पूर्व उपप्रधान तथा गृहमन्त्री लामिछानेलाई हिरासतमा राखेर अनुसन्धान गर्ने म्याद अनुमतिका लागि दाहालको इजलासमा पेश गराइएको हो। पोखराको सुर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको बचत रकम गोर्खा मिडिया प्रालिमा गैरकानुनी रुपमा लगेर दुरुपयोग गरेको आरोप लामिछानेमाथि छ। उनी विरुद्ध सहकारीका बचत पीडितले गत वर्ष माघ २२ गते नै जाहेरी दिएका थिए। उक्त जाहेरी परेपछि लामिछाने दोस्रो पटक गृहमन्त्री बनेका थिए।

शुक्रबार साँझ काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई सोही रात पोखरा ल्याइएको थियो। शनिबार सरकारी बिदा हुने भएकाले आज आइतबार उनलाई अदालत उपस्थित गराउन लागेको प्रहरीले बताएको छ। गोर्खा मिडिया प्रालिद्धारा संचालित ग्यालेक्सी टेलिभिजनका संचालक एवं प्रबन्ध निर्देशक रहेका बेला लामिछाने सहितको टोलीले विभिन्न सहकारीबाट ६५ करोड रुपैया गैरकानुनी रुपमा लगेको र उक्त रकमको अधिकांश हिस्सा लामिछानेले खर्च गरेको संसदीय छानविन समितिको निष्कर्ष छ।

संसदीय छानविन समितिले कारबाही सिफारिस गरेपछि लामिछाने विरुद्ध ८ महिना अघि परेको जाहेरी प्रहरीले अघि बढाएको हो। पोखराको सुर्यदर्शन सहकारीबाट मात्र १७ हजार ८ सय बचतकर्ताले राखेको १ अर्ब ३५ करोड रुपैया अपचलन भएको पोखरा महानगरपालिकाको छानविनले देखाएको छ। उक्त अपचलनको मुख्य योजनाकार मानिएको टेलिभिजनका अध्यक्ष एवं सहकारी संचालक जिबी राई फरार छन्। टेलिभिजनका पूर्व संचालक छविलाल जोशी अहिले कास्की प्रहरीको हिरासतमा छन् भने सोही टेलिभिजनका प्रबन्धक एवं सुर्यदर्शन सहकारीका कोषाध्यक्ष कुमार रम्तेल अहिले पूर्पक्षका लागि कारागारमा छन्।

हिरासतमा राखेर प्रहरीले अनुसन्धान अघि बढाउने तयारी गरिरहेका बेला आइतबार पनि रास्वपा कार्यकर्ताले भने आन्दोलन गर्ने बताएको छ। अदालत जाने बाटोमै पर्ने शहिदचोकमा आइतबार दिउँसो आन्दोलन गर्ने उनीहरूले बताएका छन्। लामिछानेविरुद्ध परेको सहकारी ठगी र संगठित अपराध मुद्धा प्रभावित बनाउन रास्वपा कार्यकर्ता आन्दोलनमा लागेको भन्दै सहकारी पीडित पनि सडक आन्दोलनमा उत्रिने बताएका छन्। उनीहरूले पीडकको पक्षमा नभई पीडितको पक्षमा साथ दिन पनि आग्रह गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. हदबन्दीभन्दा बढी जग्गा राख्ने कम्पनी र संस्थाको स्थलगत अनुगमन गर्न निर्देशन
  2. देशभर जग्गाको सरकारी मूल्यांकन १० प्रतिशतसम्म बढ्यो, काठमाडौंमा प्रतिआना ७६ लाख ६० हजारसम्म
  3. शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल फेरि पक्राउ
  4. मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?
  5. १३ राजदूतका लागि ३ हजार आवेदन
  6. हस्तकला व्यवसायको विकास, विस्तार र संरक्षणका लागि सहकार्य गर्न सरकार तयार
  7. नेप्से करिब १४ अंकले घट्यो, ५ अर्ब १८ करोडको कारोबार
  8. एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ‘प्रदेश बचत खाता’ सुरु
  9. ३ करोड बिक्रीसँगै आयोन बन्यो विश्व ईभी बजारको शक्तिशाली ब्रान्ड
  10. १० तोलामै ५ हजार ४ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?
  11. ११ मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
  12. १२ अर्थमन्त्रीले ल्याएको कर, प्रधानमन्त्रीले हटाए : समता कर प्रकरणले उठाएको नीतिगत प्रश्न
  13. १३ अण्डाको मूल्य बढ्न थाल्यो, किसान अझै लागतभन्दा तल
  14. १४ प्रोटोन इ.मास ५ सार्वजनिकसँगै चार नयाँ सहरमा सोरुम र सर्भिस सेन्टर विस्तार
  15. १५ सामाजिक सुरक्षा भत्तामा ३२ लाख अनियमितता, वडा अध्यक्ष र सचिवसहित ४२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा