होमपेज > सरकारले कुनैपनि किसिमका भ्रष्टाचार सहँदैन: प्रधानमन्त्री ओली

सरकारले कुनैपनि किसिमका भ्रष्टाचार सहँदैन: प्रधानमन्त्री ओली

बिज्ञापन

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले कुनैपनि किसिमका भ्रष्टाचार नसहने बताएका छन् ।

एमाले पोलिटब्युरो बैठकको बुधबार समापन गर्दै अध्यक्ष ओलीले भ्रष्टाचारको न्यूनीकरण गर्न एमाले र एमाले नेतृत्वको सरकारले चाहेको र भ्रष्टाचारका विषयमा कुनै कम्परमाइज गर्ने पक्षमा नरहेको बताएका हुन् । ‘सरकार र एमाले पार्टीले कुनैपनि भ्रष्टाचार सहँदैन । भ्रष्टाचार न्यूनीकरण गर्न सरकार कुनै कसर बाँकी राख्दैन’, ओलीको भनाइ उधृत गर्दै प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भने, ‘अहिले वामपन्थीका नाममा कुनै मोर्चा वा गठबन्धन पनि बन्दैन ।’

साथै बैठकमा ओलीले आफू नेतृत्वको सरकारले तुइन विस्थापित गरेको, चीनसँग अनेकौँ नाका जोडेको, अप्टिकल फाइवर विच्छ्याएको, सडकबाट बालबालिका हटाएको, सामाजिक सुरक्षा भत्ता हामीले नै वृद्धि गरेको, कर्मचारीको तलब वृद्धि पनि गरेको भन्दै आफ्ना कामको व्याख्या गरेका थिए । ‘त्यसैले एमाले दलाल पुँजीपति वर्गको संरक्षणमा लाग्दैन, राष्ट्रिय पुँजी र उत्पादन बढाउन चाहन्छ’,ओलीको भनाइ थियो ।

महासचिव शंकर पोखरेलले बैठकमा पेस गरेको ‘राष्ट्रिय शक्ति निर्माणको वार्षिक कार्ययोजना’,माथि पोलिटब्युरो सदस्यहरूले दिएको सुझाव समेटेर पार्टी कमिटीलाई कार्यान्वयनका लागि पठाउने एमालेले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. हदबन्दीभन्दा बढी जग्गा राख्ने कम्पनी र संस्थाको स्थलगत अनुगमन गर्न निर्देशन
  2. देशभर जग्गाको सरकारी मूल्यांकन १० प्रतिशतसम्म बढ्यो, काठमाडौंमा प्रतिआना ७६ लाख ६० हजारसम्म
  3. शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल फेरि पक्राउ
  4. मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?
  5. १३ राजदूतका लागि ३ हजार आवेदन
  6. हस्तकला व्यवसायको विकास, विस्तार र संरक्षणका लागि सहकार्य गर्न सरकार तयार
  7. नेप्से करिब १४ अंकले घट्यो, ५ अर्ब १८ करोडको कारोबार
  8. एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ‘प्रदेश बचत खाता’ सुरु
  9. ३ करोड बिक्रीसँगै आयोन बन्यो विश्व ईभी बजारको शक्तिशाली ब्रान्ड
  10. १० तोलामै ५ हजार ४ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?
  11. ११ मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
  12. १२ अर्थमन्त्रीले ल्याएको कर, प्रधानमन्त्रीले हटाए : समता कर प्रकरणले उठाएको नीतिगत प्रश्न
  13. १३ अण्डाको मूल्य बढ्न थाल्यो, किसान अझै लागतभन्दा तल
  14. १४ प्रोटोन इ.मास ५ सार्वजनिकसँगै चार नयाँ सहरमा सोरुम र सर्भिस सेन्टर विस्तार
  15. १५ सामाजिक सुरक्षा भत्तामा ३२ लाख अनियमितता, वडा अध्यक्ष र सचिवसहित ४२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा