होमपेज > साइडवेजमा सेयर बजारमा आर्थिक अन्योलता

साइडवेजमा सेयर बजारमा आर्थिक अन्योलता

बिज्ञापन

साता सेयर बजार परिसूचक नेप्से २३.८ अंकले घटेको छ । साताको अन्तिम दिनमा भएको कारोबारमा चार दिन नेप्से घट्दा सेयर बजारमा सो बराबरको गिरावट आएको हो । यो अवधिमा सेयर बजार पुँजीकरण ३० अर्ब रुपैयाँ बराबर छ ।

पाँच कारोबार दिनमध्ये आइतबार बजार २१।४८ अंकले घट्यो । सोमबार ३.०२ अंकले घटेको बजारमा मंगलबार ७.३९ अंक सुधार भएको थियो । बुधबार र बिहीबार बजारले घट्ने क्रमलाई निरन्तरता दियो, जसअनुसार बजार क्रमशः ५.०३ र १।६६ अंकले गिरावट आयो ।

कारोबारका आधारमा पनि यो हप्ताको कारोबार सुखद रहेन । गत साता चार दिनमा सेयर बजारमा २१ अर्ब २६ करोड रुपैयाँको कारोबार भएकोमा सेयर बजार यो साता पाँच दिनको कारोबार २० अर्ब ७७ करोड रुपैयाँमा सीमित भएको छ ।

यो साता सेयर बजारका २ समूहको मूल्य समग्रमा बढेको छ भने बाँकी १० समूहको मूल्य घटेको छ । म्यानुफ्याक्चरिङले २।३९ प्रतिशत र जीवन बीमा समूह ०।६९ प्रतिशतको मूल्य कमाउँदा फाइनान्स समूहले सर्वाधिक २।५६ प्रतिशत मूल्य गुमाएको छ । म्युचुअल फन्ड बाहेक अरू समूहको मूल्य १ प्रतिशत भन्दा माथिले घटेको छ ।

अहिले सेयर बजार नीतिगत रूपमा खुला अवस्थामा छ । बजारमा लगानीका लागि बैंकिङ स्रोतको प्रयोगको दायरा खुला हुँदै गएका छन् । नीतिगत अनुकूलले एक्सिलेट गरेको बजारलाई आर्थिक अवस्था र राजनीतिक अन्योलताले कमजोर बनाएको विश्लेषकहरू बताउँछन् ।

ठुलो उतारचढाव नआउनु र कहिले घट्ने र कहिले बढ्ने अवस्था हुनुले बजार साइडवेजमै रहेको बुझ्न सकिने विश्लेषकहरू बताउँछन् । लाभांशको सिजन सकिँदै गएकोले पनि बजार सुधार हुन नसकेको देखिन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ‘प्रदेश बचत खाता’ सुरु
  2. ३ करोड बिक्रीसँगै आयोन बन्यो विश्व ईभी बजारको शक्तिशाली ब्रान्ड
  3. तोलामै ५ हजार ४ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?
  4. मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
  5. अर्थमन्त्रीले ल्याएको कर, प्रधानमन्त्रीले हटाए : समता कर प्रकरणले उठाएको नीतिगत प्रश्न
  6. अण्डाको मूल्य बढ्न थाल्यो, किसान अझै लागतभन्दा तल
  7. प्रोटोन इ.मास ५ सार्वजनिकसँगै चार नयाँ सहरमा सोरुम र सर्भिस सेन्टर विस्तार
  8. सामाजिक सुरक्षा भत्तामा ३२ लाख अनियमितता, वडा अध्यक्ष र सचिवसहित ४२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
  9. लगातार छैटौँ दिन बढ्यो नेप्से, कारोबार रकम ६ अर्ब ६७ करोड नाघ्यो
  10. १० सरकारले शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर तत्काल लागू नगर्ने
  11. ११ वाणिज्य बैंकहरूको औसत आयकर योगदान २३ अर्ब ३१ करोड रुपैयाँ
  12. १२ रोपाइँ गरिरहेका बेला पहिरो खस्दा आधा दर्जन किसान घाइते, एकको अवस्था गम्भीर
  13. १३ जानकी मन्दिर प्रवेश गर्न खोज्दा हर्क साम्पाङको विरोध, समर्थकलाई लखेटिएपछि दर्शन नगरी फर्किए
  14. १४ सामाजिक सुरक्षा कोषमा एक खर्ब १६ अर्बभन्दा बढी रकम जम्मा
  15. १५ China’s Moonshot and Alibaba Escalate AI Race With Powerful Open-Source Models