सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले २५ प्रतिशत लाभांश घोषणा गरेको छ ।
सञ्चालक समितिको हिजो बसेको बैठकले गत आवको नाफाबाट २५ प्रतिशत नगद लाभांश (करसहित) प्रस्ताव गर्ने निर्णय गरेको कम्पनी सचिव सुदर्शन आचार्यले जनाएका छन् ।
सञ्चालक समितिले प्रस्ताव गरेको उक्त लाभांश बीमा प्राधिकरणबाट स्वीकृति र आगामी साधारण सभाले पारित गरे पछि शेयरधनीहरुले पाउने छन् ।

