सानिमा बैंक लिमिटेडले २०८२ मंसिर २१ गते आफ्नो स्थापनाको २१औं वर्ष पूरा गरेको अवसरमा बैंकले बिभिन्न कार्यक्रमका साथ वार्षिकोत्सव मनाएको छ। दुई दशकभन्दा बढी समयदेखि विश्वसनीय तथा सबल बैंकका रूपमा सेवा प्रदान गर्दै आएको सानिमा बैंकले निरन्तर साथ दिएका ग्राहक तथा सरोकारवालाप्रति कृतज्ञता व्यक्त गरेको छ।
बैंकको केन्द्रीय कार्यालय परिसरमा आयोजित कार्यक्रममा नायब प्रमुख कार्यकारी अधिकृत पवन कुमार आचार्यले बैंकको २१ वर्षे यात्रामा साथ दिने कर्मचारी, ग्राहक तथा सरोकारवालालाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा अझै मजबुत संस्थागत विकासका लागि सामूहिक प्रयास गर्न सबैलाई अनुरोध गरे।
हाल सानिमा बैंकले सातै प्रदेशमा १३४ शाखा तथा १२७ एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ। बैंकले आगामी वर्षहरूमा प्रविधिमैत्री तथा ग्राहककेन्द्रित सेवाहरू थप विस्तार गर्ने लक्ष्यसमेत राखेको जनाएको छ।

