होमपेज > सुजुकीको सबैभन्दा धेरै फिचर भएको नयाँ एसयूभी भिक्टोरीस नेपालीमा सार्वजनिक, कति पर्छ मूल्य?

सुजुकीको सबैभन्दा धेरै फिचर भएको नयाँ एसयूभी भिक्टोरीस नेपालीमा सार्वजनिक, कति पर्छ मूल्य?

बिज्ञापन

नेपालका लागि सुजुकी गाडीको आधिकारिक विक्रेता सीजी मोटोकर्पले नेपाली बजारमा आफ्नो अहिलेसम्मकै सबैभन्दा धेरै फिचर भएको नयाँ एसयूभी भिक्टोरिस सार्वजनिक गरेको छ ।

भविष्यमुखी डिजाइन, विलासी आराम र इन्टेलिजेन्ट प्रविधिको उत्तम समिश्रणका रूपमा यो एसयूभीलाई बजारमा उतारिएको कम्पनीले जनाएको छ । नयाँ भिक्टोरिसमा स्ट्रोङ हाइब्रिड, १.५ लिटर स्मार्ट हाइब्रिड पेट्रोल इन्जिनका विकल्पहरू उपलब्ध छन् । यो गाडी म्यानुअल र अटोमेटिक दुवै विकल्पमा उपलब्ध हुनुका साथै अत्याधुनिक रोड अवारनेस र सुरक्षाका लागि लेभल–२ एडीएएस प्रणालीले सुसज्जित छ ।

अत्याधुनिक सेफ्टी फिचर्स, रोड अवारनेस र मजबुत सुपेरियर बुइल्ड क्यालिटीका कारण सो गाडीले ग्लोबल एनक्यापबाट ५ स्टार रेटिङ हासिल गर्न सफल भएको छ । ग्राहकको आराम, सुरक्षा र सुखद ड्राइभिङ अनुभवलाई मध्यनजर गर्दै यसमा आधुनिक समयका सबै आवश्यक सुविधाहरू समावेश गरिएको छ। आफ्नो दमदार पर्फर्मेन्स र अत्याधुनिक प्रविधिका कारण यो एसयूभीले प्रतिष्ठित ‘इन्डियन कार अफ द इयर २०२५’ को अवार्ड समेत जित्न सफल भएको छ ।

कम्पनीले गाडीको लन्चिङ अफर मूल्य मूल्य ५० लाख ९९ हजार रुपैयाँ कायम गरेको छ। साथै, लन्चिङ अफर र मूल्य अन्तर्गत ग्राहकहरूका लागि नेपाली रुपैयाँ २ लाख सम्म सम्मको एक्सचेन्ज बोनस सीमित अवधिका लागि तथा पहिलो ५० बुकिङको लागि उपलब्ध गराइने सीजी मोटोकर्पले जनाएको छ ।

सीजी मोटोकर्पका प्रबन्ध निर्देशक करण कुमार चौधरीले भने, ‘आजका आधुनिक नेपाली ग्राहकहरू प्रविधिमैत्री र वातावरणीय रूपमा निकै जिम्मेवार छन्। उनीहरूको सोही आकांक्षा र आवश्यकतालाई पूरा गर्न हामीले नेपाली बजारमा भिक्टोरिस सार्वजनिक गरेका हौं। ल्याटिन भाषामा भिक्टोरिसको अर्थको अर्थ ‘विजय’ हुन्छ। हामी पूर्ण विश्वस्त छौं कि यसको ५ स्टार सुरक्षा र अत्याधुनिक सुविधाहरूले नेपाली ग्राहकको मन जित्नेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. हदबन्दीभन्दा बढी जग्गा राख्ने कम्पनी र संस्थाको स्थलगत अनुगमन गर्न निर्देशन
  2. देशभर जग्गाको सरकारी मूल्यांकन १० प्रतिशतसम्म बढ्यो, काठमाडौंमा प्रतिआना ७६ लाख ६० हजारसम्म
  3. शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल फेरि पक्राउ
  4. मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?
  5. १३ राजदूतका लागि ३ हजार आवेदन
  6. हस्तकला व्यवसायको विकास, विस्तार र संरक्षणका लागि सहकार्य गर्न सरकार तयार
  7. नेप्से करिब १४ अंकले घट्यो, ५ अर्ब १८ करोडको कारोबार
  8. एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ‘प्रदेश बचत खाता’ सुरु
  9. ३ करोड बिक्रीसँगै आयोन बन्यो विश्व ईभी बजारको शक्तिशाली ब्रान्ड
  10. १० तोलामै ५ हजार ४ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?
  11. ११ मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
  12. १२ अर्थमन्त्रीले ल्याएको कर, प्रधानमन्त्रीले हटाए : समता कर प्रकरणले उठाएको नीतिगत प्रश्न
  13. १३ अण्डाको मूल्य बढ्न थाल्यो, किसान अझै लागतभन्दा तल
  14. १४ प्रोटोन इ.मास ५ सार्वजनिकसँगै चार नयाँ सहरमा सोरुम र सर्भिस सेन्टर विस्तार
  15. १५ सामाजिक सुरक्षा भत्तामा ३२ लाख अनियमितता, वडा अध्यक्ष र सचिवसहित ४२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा