होमपेज > सूर्यकुण्ड हाइड्रोको आइपिओमा आएको प्राविधिक समस्या समाधान, आजैदेखि पुनः आवेदन खुला

सूर्यकुण्ड हाइड्रोको आइपिओमा आएको प्राविधिक समस्या समाधान, आजैदेखि पुनः आवेदन खुला

बिज्ञापन

सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले सर्वसाधारणका लागि आजदेखि खुला गरेको प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) मा देखिएको प्राविधिक समस्या समाधान भएको छ। आइपिओमा प्रतिकित्ता शेयरको मूल्य १०० रुपैयाँ हुनुपर्नेमा १० रुपैयाँ देखिएपछि केही समयका लागि आवेदन प्रक्रिया बन्द गरिएको थियो।

निष्कासन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटलका अनुसार सो त्रुटि सच्याइएपछि पुनः आवेदन दिन मिल्ने व्यवस्था गरिएको छ। यसअघि परेको सबै आवेदन स्वतः रद्द गरिएको हुँदा लगानीकर्ताहरूले अनिवार्य रूपमा नयाँ आवेदन दिनुपर्नेछ।

कम्पनीको आइपिओमा आवेदन दिने समय आज अपराह्न १२ः३० बजेदेखि माघ २१ गते राति ८ बजेसम्म तोकिएको छ। सूर्यकुण्ड हाइड्रोले सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित दरमा कुल ५ लाख ७२ हजार ४३१ कित्ता शेयर निष्कासन गरेको हो।

कम्पनीले जारी पूँजी ६८ करोड ९६ लाख ७४ हजार ४०० रुपैयाँको २० प्रतिशत बराबर हुने १३ करोड ७९ लाख ३५ हजार रुपैयाँको १३ लाख ७९ हजार ३५० कित्ता शेयर निष्कासन गर्ने अनुमति पाएको थियो। जसमध्ये सामूहिक लगानी कोषका लागि ३४ हजार ४८४ कित्ता र कर्मचारीका लागि १३ हजार ७९३ कित्ता शेयर छुट्याइएको छ।

यस आइपिओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। आवेदन नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाका शाखाहरू तथा सीडीएससीको ‘मेरो शेयर’ प्रणालीमार्फत दिन सकिनेछ।

सूर्यकुण्ड हाइड्रोले सञ्चालन गरिरहेको ११ मेगावाट क्षमताको माथिल्लो तादी खोला जलविद्युत आयोजनाको कुल लागत २ अर्ब ३६ करोड ८४ लाख ४० हजार रुपैयाँ रहेको छ। यस आयोजनाको प्रतिमेगावाट लागत २१ करोड ५३ लाख १२ हजार ७२७ रुपैयाँ रहेको कम्पनीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. हदबन्दीभन्दा बढी जग्गा राख्ने कम्पनी र संस्थाको स्थलगत अनुगमन गर्न निर्देशन
  2. देशभर जग्गाको सरकारी मूल्यांकन १० प्रतिशतसम्म बढ्यो, काठमाडौंमा प्रतिआना ७६ लाख ६० हजारसम्म
  3. शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल फेरि पक्राउ
  4. मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?
  5. १३ राजदूतका लागि ३ हजार आवेदन
  6. हस्तकला व्यवसायको विकास, विस्तार र संरक्षणका लागि सहकार्य गर्न सरकार तयार
  7. नेप्से करिब १४ अंकले घट्यो, ५ अर्ब १८ करोडको कारोबार
  8. एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ‘प्रदेश बचत खाता’ सुरु
  9. ३ करोड बिक्रीसँगै आयोन बन्यो विश्व ईभी बजारको शक्तिशाली ब्रान्ड
  10. १० तोलामै ५ हजार ४ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?
  11. ११ मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
  12. १२ अर्थमन्त्रीले ल्याएको कर, प्रधानमन्त्रीले हटाए : समता कर प्रकरणले उठाएको नीतिगत प्रश्न
  13. १३ अण्डाको मूल्य बढ्न थाल्यो, किसान अझै लागतभन्दा तल
  14. १४ प्रोटोन इ.मास ५ सार्वजनिकसँगै चार नयाँ सहरमा सोरुम र सर्भिस सेन्टर विस्तार
  15. १५ सामाजिक सुरक्षा भत्तामा ३२ लाख अनियमितता, वडा अध्यक्ष र सचिवसहित ४२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा