होमपेज > सेयर बजार झिनो अंकले घट्यो, कारोबार रकम पनि खुम्चियो

सेयर बजार झिनो अंकले घट्यो, कारोबार रकम पनि खुम्चियो

बिज्ञापन

साताको चौथो कारोबार दिन बुधबार (माघ २१) सेयर बजार सामान्य करेक्सनको चरणमा देखिएको छ। अघिल्लो दिन दोहोरो अंकले घटेको बजार आज भने झिनो अंकले मात्र ओरालो लागेको हो।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज १.६४ अंकले घट्दै २६८१.५० विन्दुमा बन्द भएको छ। मंगलबार नेप्से १२.५८ अंकले घटेको थियो। कारोबार रकमतर्फ पनि संकुचन देखिएको छ। मंगलबार ८ अर्ब ६३ करोड रुपैयाँको कारोबार भएकामा बुधबार ७ अर्ब ४९ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ, जुन अघिल्लो दिनको तुलनामा करिब १ अर्ब १३ करोड रुपैयाँ कम हो।

आजको कारोबारमा ३२६ कम्पनीका सेयर खरिद–बिक्री भएका छन्। तीमध्ये ११३ कम्पनीको सेयर मूल्य बढेको, १३४ कम्पनीको घटेको र १३ कम्पनीको मूल्य स्थिर रहेको नेप्सेले जनाएको छ।

यसदिन केही जलविद्युत् कम्पनीका सेयरमा भने उत्साह देखिएको छ। कालिञ्चोक दर्शन, सुपरमाई हाइड्रोपावर, सुपरमादी हाइड्रोपावर र आँखुखोला जलविद्युत् कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दै १० प्रतिशतले वृद्धि भएको छ।

समग्रमा बजारमा लगानीकर्ताहरू अझै पनि ‘पर्ख र हेर’को अवस्थामा देखिएका छन्। पछिल्ला दिनहरूमा आएको तीव्र उतार–चढावपछि बजार सन्तुलन खोज्ने चरणमा प्रवेश गरेको विश्लेषकहरूको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. हदबन्दीभन्दा बढी जग्गा राख्ने कम्पनी र संस्थाको स्थलगत अनुगमन गर्न निर्देशन
  2. देशभर जग्गाको सरकारी मूल्यांकन १० प्रतिशतसम्म बढ्यो, काठमाडौंमा प्रतिआना ७६ लाख ६० हजारसम्म
  3. शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल फेरि पक्राउ
  4. मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?
  5. १३ राजदूतका लागि ३ हजार आवेदन
  6. हस्तकला व्यवसायको विकास, विस्तार र संरक्षणका लागि सहकार्य गर्न सरकार तयार
  7. नेप्से करिब १४ अंकले घट्यो, ५ अर्ब १८ करोडको कारोबार
  8. एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ‘प्रदेश बचत खाता’ सुरु
  9. ३ करोड बिक्रीसँगै आयोन बन्यो विश्व ईभी बजारको शक्तिशाली ब्रान्ड
  10. १० तोलामै ५ हजार ४ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?
  11. ११ मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
  12. १२ अर्थमन्त्रीले ल्याएको कर, प्रधानमन्त्रीले हटाए : समता कर प्रकरणले उठाएको नीतिगत प्रश्न
  13. १३ अण्डाको मूल्य बढ्न थाल्यो, किसान अझै लागतभन्दा तल
  14. १४ प्रोटोन इ.मास ५ सार्वजनिकसँगै चार नयाँ सहरमा सोरुम र सर्भिस सेन्टर विस्तार
  15. १५ सामाजिक सुरक्षा भत्तामा ३२ लाख अनियमितता, वडा अध्यक्ष र सचिवसहित ४२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा