होमपेज > सेयर बजारमा हरियाली, २४.७० अंकले बढ्यो नेप्से परिसूचक

सेयर बजारमा हरियाली, २४.७० अंकले बढ्यो नेप्से परिसूचक

बिज्ञापन

सोमबार सेयर बजारको परिसूचक नेप्से २४.७० अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से २०८९ अंकमा पुगेको छ । दिउँसो कारोबारका क्रममा १२ : २३ बजे २१२१ अंकसम्म पुगेको बजार त्यसपछि केही सम्हालिएको हो । कारोबार रकम पनि उल्लेख्य भएको छ । अघिल्लो दिन ५ अर्ब २५ करोडको कारोबार भएकोमा आज ५ अर्ब ८५ करोडको भयो ।

कुल १३४ कम्पनीको मूल्य बढ्दा १०७ को घट्यो भने ५ को स्थिर रह्यो । यस दिन बजार वृद्धिका लागि बैंकिङ समूहको योगदान उच्च रह्यो । उच्च पुँजीकरण रहेकाले सो समूहले नेप्सेलाई बढी प्रभाव पार्दछ । बैंकिङ सूचक सबैभन्दा धेरै ४.१८ प्रतिशत बढ्यो ।

त्यस्तै व्यापार २.२३, अन्य ०.५२, लगानी १.८४, हाइड्रोपावर १.३८, होटल तथा पर्यटन ०.३९, विकास बैंक ०.४२ प्रतिशत बढे । फाइनान्स ०.५७, जीवन बीमा ०.०८, उत्पादन ०.५२, माइक्रोफाइनान्स ०.६५ र निर्जीवन बीमा समूह ०.५० प्रतिशत घटे ।

सामुदायिक लघुवित्त, बुद्धभूमि हाइड्रोपावर, भगवती हाइड्रोपावर र नेरुडे मिर्मिरे लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो । बाराही हाइड्रोपावर र एनआईसी एसिया बैंकको ९ प्रतिशत मूल्य बढ्यो । माइखोलाको मूल्य ८.२ तथा छ्याङ्दी हाइड्रोको ७.३ प्रतिशतले बढेको छ ।

उपकार लघुवित्तको ७.४, सिर्जनशील लघुवित्तको ६।३, मनकामना स्मार्ट लघुवित्तको ५।७, युनिक नेपाल लघुवित्तको ५.६ र नारायणी डेभलपमेन्ट बैंकको मूल्य ५।५ प्रतिशत घट्यो ।

कारोबार रकमका आधारमा सीईडीबी हाइड्रोपावर, पोखरा फाइनान्स, साइन रेसुङ्गा विकास बैंक, फस्र्ट माइक्रोफाइनान्स र एनआईसी एसिया बैंक क्रमशः अगाडि रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. हदबन्दीभन्दा बढी जग्गा राख्ने कम्पनी र संस्थाको स्थलगत अनुगमन गर्न निर्देशन
  2. देशभर जग्गाको सरकारी मूल्यांकन १० प्रतिशतसम्म बढ्यो, काठमाडौंमा प्रतिआना ७६ लाख ६० हजारसम्म
  3. शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल फेरि पक्राउ
  4. मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?
  5. १३ राजदूतका लागि ३ हजार आवेदन
  6. हस्तकला व्यवसायको विकास, विस्तार र संरक्षणका लागि सहकार्य गर्न सरकार तयार
  7. नेप्से करिब १४ अंकले घट्यो, ५ अर्ब १८ करोडको कारोबार
  8. एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ‘प्रदेश बचत खाता’ सुरु
  9. ३ करोड बिक्रीसँगै आयोन बन्यो विश्व ईभी बजारको शक्तिशाली ब्रान्ड
  10. १० तोलामै ५ हजार ४ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?
  11. ११ मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
  12. १२ अर्थमन्त्रीले ल्याएको कर, प्रधानमन्त्रीले हटाए : समता कर प्रकरणले उठाएको नीतिगत प्रश्न
  13. १३ अण्डाको मूल्य बढ्न थाल्यो, किसान अझै लागतभन्दा तल
  14. १४ प्रोटोन इ.मास ५ सार्वजनिकसँगै चार नयाँ सहरमा सोरुम र सर्भिस सेन्टर विस्तार
  15. १५ सामाजिक सुरक्षा भत्तामा ३२ लाख अनियमितता, वडा अध्यक्ष र सचिवसहित ४२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा