होमपेज > १६ बाणिज्य बैंकले घटाए ब्याजदर, कुनको कति?

१६ बाणिज्य बैंकले घटाए ब्याजदर, कुनको कति?

बिज्ञापन

बाणिज्य बैंकहरुले माघ महिनाका लागि ब्याजदर घटाएका छन् । पछिल्लो पटक मुद्दति निक्षेपको व्याजदर ८ प्रतिशतको हाराहारीमा आएको छ । बाणिज्य बैंकहरुले सार्वजनिक गरेको नयाँ व्याजदर न्युनतम ७ दशमलव २६ प्रतिशतदेखि ९ प्रतिशतसम्म रहेको छ ।

माघ महिनाका लागि सार्वजनिक भएको नयाँ ब्याजदर कृषि विकास बैंकको ७ दशमलव २९ प्रतिशत रहेको छ । यसअघि कृषि विकास बैंकको व्याजदर ९.०१२ प्रतिशत रहेको थियो। त्यसैगरी, माछापुच्छ्रे बैंक, लक्ष्मी सनराइज बैंक, नेपाल बैंक र एभेष्ट बैकले नयाँ व्याजदर ८ प्रतिशत बनाएका छन् । यसअघि माछापुच्छ्रेको ९ प्रतिशत, लक्ष्मी सनराइजको ९ प्रतिशत, नेपाल बैंकको ८.५५ प्रतिशत र एभेष्ट बैकको ८ प्रतिशत व्याजदर रहेको थियो ।

त्यसैगरी, प्रभु बैंक र एनआईसी एसिया बैंकले ८.०६५ प्रतिशत नयाँ व्याजदर तोकेका छन् । राष्ट्रिय बाणिज्य बैंक र स्ट्याण्डर्ड चार्टर्स बैंकको ८.०७ प्रतिशत, प्राइम कमर्सियल बैंक, ग्लोबल आईएमई बैंक र नविल बैंकको नयाँ व्याजदर ८.१ प्रतिशत रहेको छ । त्यसैगरी नयाँ सार्वजनिक भएको व्याजदर कुमारी बैंकको ८.११ प्रतिशत, हिमालयन बैंक र सानिमा बैंकको ८.१५ प्रतिशत रहेको छ ।

त्यसैगरी, नयाँ व्याजदर नेपाल एसबीआई बैंकको ८.२५ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेघा बैंकको ८.६ र एनएमबी बैंकको ९ प्रतिशत रहेको छ । माघ महिनामा बाणिज्य बैंकहरुको औषत व्याजदर ८.१२ प्रतिशत रहेको छ । पुस महिनाको तुलनामा बाणिज्य बैंकको ब्याजदर शुन्य दशमलव ८१ प्रतिशतले घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. हदबन्दीभन्दा बढी जग्गा राख्ने कम्पनी र संस्थाको स्थलगत अनुगमन गर्न निर्देशन
  2. देशभर जग्गाको सरकारी मूल्यांकन १० प्रतिशतसम्म बढ्यो, काठमाडौंमा प्रतिआना ७६ लाख ६० हजारसम्म
  3. शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल फेरि पक्राउ
  4. मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?
  5. १३ राजदूतका लागि ३ हजार आवेदन
  6. हस्तकला व्यवसायको विकास, विस्तार र संरक्षणका लागि सहकार्य गर्न सरकार तयार
  7. नेप्से करिब १४ अंकले घट्यो, ५ अर्ब १८ करोडको कारोबार
  8. एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ‘प्रदेश बचत खाता’ सुरु
  9. ३ करोड बिक्रीसँगै आयोन बन्यो विश्व ईभी बजारको शक्तिशाली ब्रान्ड
  10. १० तोलामै ५ हजार ४ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?
  11. ११ मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
  12. १२ अर्थमन्त्रीले ल्याएको कर, प्रधानमन्त्रीले हटाए : समता कर प्रकरणले उठाएको नीतिगत प्रश्न
  13. १३ अण्डाको मूल्य बढ्न थाल्यो, किसान अझै लागतभन्दा तल
  14. १४ प्रोटोन इ.मास ५ सार्वजनिकसँगै चार नयाँ सहरमा सोरुम र सर्भिस सेन्टर विस्तार
  15. १५ सामाजिक सुरक्षा भत्तामा ३२ लाख अनियमितता, वडा अध्यक्ष र सचिवसहित ४२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा