होमपेज > थाइल्यान्डको एक होटलमा ६ जनाको शव फेला

थाइल्यान्डको एक होटलमा ६ जनाको शव फेला

बिज्ञापन

थाइल्यान्डको राजधानी बैङ्ककमा रहेको एक होटलमा छ जना विदेशी नागरिक मृत अवस्थामा फेला परेका छन् । प्रहरीले उनीहरूलाई विष खुवाइएको आशङ्का गरेको छ ।

प्रधानमन्त्री श्रेथा थाभिसिनले पत्रकार सम्मेलन गरेर यो घटना चोरीसँग सम्बन्धित र गोलाबारी हुँदा भएको भन्ने हल्ला निराधार रहेको बताउनुभएको बीबीसीले जनाएको छ । उहाँले शव परिक्षण गरेर मात्र घटनाबारे थप जानकारी हुने भन्दै प्रहरीलाई शव परीक्षण गर्न निर्देशन दिनुभएको छ ।

प्रधानमन्त्री थाभिसिनकाअनुसार मृतक छ जना भियतनामी नागरिक रहेकामा उनीहरुको हत्यामा अर्का एकजना भियतनामी नागरिक नै संलग्न रहेको हुनसक्ने अनुमान छ ।

बैङ्ककको मेट्रोपोलिटन प्रहरी ब्युरो प्रमुख थिति साङसावाङले प्रारम्भिक अनुसन्धानमा लडाइँ वा चोरीसँग सम्बन्धित चोटको कुनै सङ्केत नपाइएकोले सबैले विषाक्त पदार्थ खाएको हुनसक्ने अनुमान रहेको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. हदबन्दीभन्दा बढी जग्गा राख्ने कम्पनी र संस्थाको स्थलगत अनुगमन गर्न निर्देशन
  2. देशभर जग्गाको सरकारी मूल्यांकन १० प्रतिशतसम्म बढ्यो, काठमाडौंमा प्रतिआना ७६ लाख ६० हजारसम्म
  3. शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल फेरि पक्राउ
  4. मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?
  5. १३ राजदूतका लागि ३ हजार आवेदन
  6. हस्तकला व्यवसायको विकास, विस्तार र संरक्षणका लागि सहकार्य गर्न सरकार तयार
  7. नेप्से करिब १४ अंकले घट्यो, ५ अर्ब १८ करोडको कारोबार
  8. एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ‘प्रदेश बचत खाता’ सुरु
  9. ३ करोड बिक्रीसँगै आयोन बन्यो विश्व ईभी बजारको शक्तिशाली ब्रान्ड
  10. १० तोलामै ५ हजार ४ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?
  11. ११ मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
  12. १२ अर्थमन्त्रीले ल्याएको कर, प्रधानमन्त्रीले हटाए : समता कर प्रकरणले उठाएको नीतिगत प्रश्न
  13. १३ अण्डाको मूल्य बढ्न थाल्यो, किसान अझै लागतभन्दा तल
  14. १४ प्रोटोन इ.मास ५ सार्वजनिकसँगै चार नयाँ सहरमा सोरुम र सर्भिस सेन्टर विस्तार
  15. १५ सामाजिक सुरक्षा भत्तामा ३२ लाख अनियमितता, वडा अध्यक्ष र सचिवसहित ४२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा