होमपेज > दराजको ९.९ वार्षिक उत्सव अभियान सार्वजनिक: घरको ढोकैसम्म निःशुल्क डेलिभरीको सुविधा

दराजको ९.९ वार्षिक उत्सव अभियान सार्वजनिक: घरको ढोकैसम्म निःशुल्क डेलिभरीको सुविधा

बिज्ञापन

देशकै अग्रणी अनलाइन शपिङ प्ल्याटफर्म दराज नेपालले ९.९ वार्षिक उत्सव अभियान सार्वजनिक गरेको छ।

यस कार्यक्रम मार्फत उपभोक्ताले ६० प्रतिशतसम्मको फ्ल्यास सेल छुट, निःशुल्क डेलिभरी र १ करोड बराबरको भाउचर सुविधा प्राप्त गर्न सक्ने दराजले जानकारी दिएको छ। भदौ २४ गते (सेप्टेम्बर ९) देखि भदौ २६ गते (सेप्टेम्बर ११)सम्म चल्ने यस अभियान मार्फत नेपाली उपभोक्तालाई किनमेलको रोमाञ्चक अनुभव प्रदान गर्ने लक्ष्य कम्पनीले लिएको छ।

यस ९.९ वार्षिक उत्सव अभियानको प्रमुख आकर्षणहरूमध्ये एकको रूपमा खरीदकर्ताहरूले न्यूनतम मूल्य ४ सय ९९ रूपैयाँ बराबरका उत्पादनहरूको खरिद गर्दा छानिएका बिक्रेताहरू मार्फत उपभोक्ताका घरको ढोकैसम्म निःशुल्क डेलिभरीको सुविधा प्राप्त गर्न सक्नेछन्। यसका लागि उपभोक्ताले दराज एपको होमपेजमा उपलब्ध ‘फ्री डेलिभरी’ ब्यानरमा क्लिक गरी ‘फ्री डेलिभरी’ भाउचरहरू संकलन गर्न सक्नेछन्। साथै, दराजका खरिदकर्ताहरूले अभियान अवधिभर दैनिक रूपमा फ्ल्यास सेलबाट सबैभन्दा कम मूल्यमा विभिन्न क्याटेगरी तथा सेटाफिल, बोट, एक्स–एज र पिलग्रिम लगायत साझेदार ब्रान्डहरू मार्फत ६० प्रतिशतसम्म छुटमा विशेष अफरहरूको मज्जा पनि लिन सक्नेछन्।

त्यसैगरी, दराज एपमा दैनिक रूपमा अपडेट हुने फ्ल्याश सेल सेक्सनमार्फत खरिदकर्ताहरूलाई उत्पादनहरुको खरिद गर्दा थप बचत गर्ने अवसर सदाझैँ कायम रहने पनि कम्पनीले जानकारी दिएको छ। कम्पनीका अनुसार ९.९ वार्षिक सेल अभियान छुट र बचतसँग मात्र सम्बन्धित नभइ आफ्ना उपभोक्ता तथा विक्रेताहरू समेतलाई एक बेजोड अनलाइन किनमेल अनुभव प्रदान गर्ने माध्यम पनि हो। अभियानबारे थप जानकारीको लागि लिंक वा दराज नेपालको फेसबुक पेज हेर्न सकिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. हदबन्दीभन्दा बढी जग्गा राख्ने कम्पनी र संस्थाको स्थलगत अनुगमन गर्न निर्देशन
  2. देशभर जग्गाको सरकारी मूल्यांकन १० प्रतिशतसम्म बढ्यो, काठमाडौंमा प्रतिआना ७६ लाख ६० हजारसम्म
  3. शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल फेरि पक्राउ
  4. मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?
  5. १३ राजदूतका लागि ३ हजार आवेदन
  6. हस्तकला व्यवसायको विकास, विस्तार र संरक्षणका लागि सहकार्य गर्न सरकार तयार
  7. नेप्से करिब १४ अंकले घट्यो, ५ अर्ब १८ करोडको कारोबार
  8. एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ‘प्रदेश बचत खाता’ सुरु
  9. ३ करोड बिक्रीसँगै आयोन बन्यो विश्व ईभी बजारको शक्तिशाली ब्रान्ड
  10. १० तोलामै ५ हजार ४ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?
  11. ११ मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
  12. १२ अर्थमन्त्रीले ल्याएको कर, प्रधानमन्त्रीले हटाए : समता कर प्रकरणले उठाएको नीतिगत प्रश्न
  13. १३ अण्डाको मूल्य बढ्न थाल्यो, किसान अझै लागतभन्दा तल
  14. १४ प्रोटोन इ.मास ५ सार्वजनिकसँगै चार नयाँ सहरमा सोरुम र सर्भिस सेन्टर विस्तार
  15. १५ सामाजिक सुरक्षा भत्तामा ३२ लाख अनियमितता, वडा अध्यक्ष र सचिवसहित ४२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा