होमपेज > बाटोमा चिप्लिएर लड्दा एक युवक महाकाली नदीमा बेपत्ता

बाटोमा चिप्लिएर लड्दा एक युवक महाकाली नदीमा बेपत्ता

बिज्ञापन

बैतडीमा भारतबाट घर फर्किंने क्रममा भीरको बाटोबाट चिप्लिएर लड्दा एक युवक महाकाली नदीमा बेपत्ता भएका छन्।

शुक्रबार बिहान ११ बजे दशरथचन्द नगरपालिका–८ झुलाघाट बजार नजिकै भिरालो बाटोमा हिँडिरहेका युवक महाकाली नदीमा बेपत्ता भएका हुन्। महाकालीमा बेपत्ता हुनेमा बैतडीको पुर्चौडी नगरपालिका–५ कुवाकोटका ३३ वर्षीय अमरसिंह धामी छन्।

उनी घरबाट एक महिना अघि मात्रै कमाउन पिथौरागढ गएका थिए। झुलाघाटको पुल तरेर वारि गाडी लाग्ने ठाउँ छ। त्यहाँ पुगेर अमरले आफूले ल्याएको सामान जिपमा हालेका थिए। उनी आफू भने जिपमा सामान हालेर पैदल हिँडिरहेका थिए। बाटो साँघुरो र भिरालो थियो।

पैदल हिँडिरहेका उनी लडेर तल खसे। १५ मिनेटसम्म उनी झारपातमा अडिएका थिए। स्थानीयले उनलाई माथि ल्याउने कोसिस गर्दा महाकालीमा खसेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रमुद प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए। अहिले बेपत्ता भएका अमरको महाकाली नदीमा खोजी कार्य भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. प्रधानमन्त्री शाहले अर्ग्यानिक कृषि क्षेत्रका व्यवसायीसँग छलफल गर्दै
  2. विद्युत् निर्यातबाट नेपालले कमायो २९ अर्ब, ऊर्जा व्यापारमा १८ अर्ब ७६ करोडको खुद बचत
  3. नेपालको सार्वजनिक ऋण ३० खर्ब नजिक, एक वर्षमै ३ खर्बभन्दा बढीले बढ्यो
  4. हदबन्दीभन्दा बढी जग्गा राख्ने कम्पनी र संस्थाको स्थलगत अनुगमन गर्न निर्देशन
  5. देशभर जग्गाको सरकारी मूल्यांकन १० प्रतिशतसम्म बढ्यो, काठमाडौंमा प्रतिआना ७६ लाख ६० हजारसम्म
  6. शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल फेरि पक्राउ
  7. मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?
  8. १३ राजदूतका लागि ३ हजार आवेदन
  9. हस्तकला व्यवसायको विकास, विस्तार र संरक्षणका लागि सहकार्य गर्न सरकार तयार
  10. १० नेप्से करिब १४ अंकले घट्यो, ५ अर्ब १८ करोडको कारोबार
  11. ११ एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ‘प्रदेश बचत खाता’ सुरु
  12. १२ ३ करोड बिक्रीसँगै आयोन बन्यो विश्व ईभी बजारको शक्तिशाली ब्रान्ड
  13. १३ तोलामै ५ हजार ४ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?
  14. १४ मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
  15. १५ अर्थमन्त्रीले ल्याएको कर, प्रधानमन्त्रीले हटाए : समता कर प्रकरणले उठाएको नीतिगत प्रश्न