२०८३, कार्तिक २१ गते

एनसेल र बीवाईडीबीच साझेदारी, अब गाडीमै इन्टरनेट

मंगलवार , भाद्र २, २०८३

एनसेलले नेपालमा बीवाईडीका विद्युतीय सवारीसाधनमा प्रत्यक्ष इन्टरनेट सुविधा उपलब्ध गराउन बीवाईडीको आधिकारिक वितरक साइमेक्स इन्कसँग साझेदारी गरेको छ।

साझेदारीपछि नेपालमा बिक्री हुने बीवाईडीका सवारीसाधनमा एनसेलको इन्टरनेट अफ थिङ्स (आईओटी) सिम जडान गरिनेछ। यसबाट चालक तथा यात्रुले मोबाइल फोन वा छुट्टै वाई–फाई हटस्पटमा निर्भर नभई सवारीसाधनबाटै इन्टरनेटमा जोडिन सक्नेछन्।

आईओटी सिममार्फत सवारीसाधनको प्रणालीमै इन्टरनेट जडान हुने भएकाले बीवाईडीको एप प्रणाली तथा जडित मनोरञ्जन सुविधाहरू सञ्चालन गर्न सहज हुने कम्पनीले जनाएको छ। उपलब्ध मोडल र सेवाअनुसार प्रयोगकर्ताले युट्युब, स्पोटिफाइ, काराओकेलगायतका अनलाइन सेवा प्रयोग गर्न सक्नेछन्।

कम्पनीका अनुसार आईओटी सिमले एनसेलको देशव्यापी सञ्जालको पहुँच उपयोग गर्नेछ। यद्यपि उपलब्ध सुविधा सवारीसाधनको मोडल, सफ्टवेयर तथा नेपालमा उपलब्ध सेवाअनुसार फरक हुन सक्नेछ।

एनसेलका प्रमुख उपभोक्ता व्यवसाय अधिकृत उपाङ्ग दत्ताले यो सहकार्यले बीवाईडीका सवारीसाधनमा जडित प्रविधि, मनोरञ्जन, सुरक्षा तथा स्मार्ट गतिशीलताको अनुभव थप सहज बनाउने बताए।

उनका अनुसार प्रत्यक्ष सवारीसाधन कनेक्टिभिटीले बाह्य हटस्पट वा मोबाइल फोनको इन्टरनेटमा निर्भरता घटाउनुका साथै नेभिगेसनलगायतका जडित सेवाको प्रयोगलाई थप सहज बनाउनेछ।

साइमेक्स इन्कका प्रमुख कार्यकारी अधिकृत साहिल श्रेष्ठले एनसेलसँगको सहकार्यले बीवाईडीका ग्राहकलाई सवारीसाधनमा उपलब्ध स्मार्ट सुविधाको पूर्ण उपयोग गर्न थप सहज हुने बताए।

कम्पनीका अनुसार ग्राहकले पाउने कनेक्टिभिटी योजना, त्यसको अवधि र शुल्क भने सम्बन्धित सवारीसाधन वा सेवा प्याकेजअनुसार फरक हुनेछ। 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

images