२०८३, कार्तिक २२ गते

विश्वकर्मा पूजाको दिन नेपालभर १५० टाटा गाडीको डेलिभरी

बिहिवार , आश्विन १, २०८३

विश्वकर्मा पूजाको अवसर पारेर नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रा.लि. ले एकै दिन नेपालभर १५० वटा टाटा गाडी ग्राहकलाई हस्तान्तरण गरेको छ । विश्वकर्मा पूजा नयाँ सवारीसाधन खरिद तथा पूजाआजा गर्ने विशेष दिनका रूपमा नेपाली समाजमा लोकप्रिय रहँदै आएको छ । यही अवसरलाई लक्षित गर्दै सिप्रदी ट्रेडिङले देशभरका आफ्ना २२ शोरुममार्फत ग्राहकलाई १५० टाटा गाडीको डेलिभरी दिएको हो ।

Image 5.jpeg

विश्वकर्मा पूजाको दिन डेलिभरी भएका गाडीहरूमा टाटाका नयाँ तथा लोकप्रिय विद्युतीय मोडलहरू नयाँ टियागो ईभी, नयाँ पन्च ईभी, नेक्सन ईभी रिलोडेड, कर्भ ईभी लगायतका विद्युतीय सवारीसाधनसँगै विभिन्न आईसी इन्जिनयुक्त (ICE) मोडलहरू समेत रहेका छन् ।

यीमध्ये अधिकांश गाडीहरू यस वर्ष आयोजना भएका नाइमा नेपाल मोबिलिटी एक्स्पो तथा नाडा अटो शो का क्रममा सार्वजनिक, लन्च तथा बुकिङ गरिएका गाडीहरू हुन् । एक्स्पो तथा अटो शोमा ग्राहकबाट प्राप्त उत्साहजनक प्रतिक्रिया र बुकिङपछि प्रक्रिया पूरा भएका गाडीहरू विश्वकर्मा पूजाको शुभ अवसर पारेर ग्राहकलाई हस्तान्तरण गरिएको सिप्रदी ट्रेडिङले जनाएको छ ।

Image 4.jpeg

नेपालमा विद्युतीय सवारीसाधनप्रति ग्राहकको चासो बढ्दै गएको अवस्थामा टाटाका नयाँ पुस्ताका ईभी मोडलहरूको डेलिभरीले बजारमा थप उत्साह सिर्जना गरेको छ । विशेषगरी नयाँ टियागो ईभी, नयाँ पन्च ईभी, नेक्सन ईभी रिलोडेड र कर्भ ईभी प्रति ग्राहकको आकर्षण बढिरहेको कम्पनीको भनाइ छ ।

Image 6.jpeg

विश्वकर्मा पूजाको शुभ अवसरमा एकै दिन नेपालभर ठूलो संख्यामा टाटा गाडी डेलिभरी हुनु नेपाली बजारमा टाटा मोटर्सप्रति ग्राहकको निरन्तर विश्वास र रुचिको संकेतका रूपमा समेत लिइएको छ । सिप्रदी ट्रेडिङले ग्राहकलाई आधुनिक प्रविधि, सुरक्षा, सुविधा र विभिन्न आवश्यकता अनुरूपका सवारीसाधन उपलब्ध गराउँदै आएको जनाएको छ ।

Image 2.jpeg

विश्वकर्मा पूजाको धार्मिक तथा सांस्कृतिक महत्वसँग जोडिएको दिनमा नयाँ गाडी घर भित्र्याउने परम्पराले डेलिभरी कार्यक्रमलाई थप विशेष बनाएको थियो । सिप्रदी ट्रेडिङका अनुसार ग्राहकको आवश्यकता र बजारको मागलाई ध्यानमा राख्दै टाटा मोटर्सका नयाँ मोडलहरू नेपाली बजारमा निरन्तर प्रस्तुत गरिँदै जानेछन् ।

Image 1.jpeg

Image 3.jpeg

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

images