२०८३, कार्तिक २१ गते

तीन महिनामै टिकटकबाट २० लाख नेपाली भिडियो हटायो, विश्वभर १९ करोड डिलिट!

शुक्रवार , कार्तिक १३, २०८३

सामाजिक सञ्जाल टिकटकले सन् २०२६ को दोस्रो त्रैमास (अप्रिलदेखि जुनसम्म)मा २० लाखभन्दा बढी नेपाली भिडियो हटाएको छ। टिकटकको कम्युनिटी गाइडलाइन्स उल्लंघन गरेको भन्दै कम्पनीले २० लाख ३६ हजार १९१ वटा भिडियो हटाएको हो।

टिकटकले सार्वजनिक गरेको प्रतिवेदनअनुसार हटाइएका भिडियोमध्ये ९९.५ प्रतिशत प्रयोगकर्ताले रिपोर्ट गर्नुअघि नै पहिचान गरी हटाइएको थियो। त्यस्तै, ९२.३ प्रतिशत भिडियो २४ घण्टाभित्र हटाइएको कम्पनीले जनाएको छ।

हटाइएका भिडियोमध्ये ३३ हजार ५०३ वटा भिडियो भने पुनरावलोकनपछि पुनःस्थापना गरिएका छन्।

यसैगरी, विश्वव्यापी रूपमा सोही तीन महिनाको अवधिमा टिकटकले १८ करोड ८२ लाख ९८ हजार १४१ वटा भिडियो हटाएको छ। तीमध्ये १८ करोड ३३ लाख ४४ हजार ७०७ वटा भिडियो स्वचालित पहिचान प्रविधिको प्रयोगबाट हटाइएको टिकटकले जनाएको छ।

प्रतिवेदनले नेपालसहित विश्वभर टिकटकले सामुदायिक निर्देशिका उल्लंघन गर्ने सामग्री पहिचान र हटाउन स्वचालित प्रविधिको प्रयोगलाई तीव्र बनाएको देखाएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

images