लगातार दुई सिजन फाइनलमा पुगेर उपाधिबाट वञ्चित भएको सुदूरपश्चिम रोयल्सले अन्ततः नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको छ। शनिबार भएको फाइनलमा लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गर्दै सुदूरपश्चिमले पहिलोपटक च्याम्पियन बन्ने इतिहास रचेको हो। यससँगै टोलीले लगातार दुई फाइनल हारको शृङ्खला पनि तोडेको छ।
लुम्बिनीले दिएको १५६ रनको लक्ष्य सुदूरपश्चिमले १३.३ ओभरमै कुनै विकेट नगुमाई पूरा गर्यो। सुदूरपश्चिमको जितमा जर्ज मुन्सीले विस्फोटक ब्याटिङ गर्दै अविजित १२५ रन बनाए। उनले ५४ बलको सामना गर्दै शतकीय पारी खेले। विनोद भण्डारी ३० रनमा अविजित रहे।
मुन्सी र भण्डारीले पहिलो विकेटका लागि अविजित साझेदारी गर्दै सुदूरपश्चिमलाई सहज जित दिलाए। फाइनलमा मुन्सीको आक्रामक ब्याटिङ निर्णायक बन्यो।
लुम्बिनीले बनाएको थियो १५५ रन यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनी लायन्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५५ रन बनाएको थियो। उसका लागि दिलीप नाथले सर्वाधिक अविजित ३९ रन बनाए। कप्तान रोहित पौडेलले ३०, निरोशन डिकवेलाले २८, अली शेखले २४ र डीआर्ची शर्टले २१ रनको योगदान दिए।
undefined
सुदूरपश्चिमका बलर स्कट कुगेलाइनले दुई विकेट लिए। हेमन्त धामी, थारिन्दु रत्नायके र दीपेन्द्रसिंह ऐरीले एक–एक विकेट हात पारे।
तेस्रो प्रयासमा उपाधि सुदूरपश्चिम यसअघिका दुवै संस्करणमा फाइनल पुगेको थियो। तर पहिलो सिजन फाइनलमा पाँच विकेटले र दोस्रो सिजन ६ विकेटले पराजित हुँदै उपविजेतामा सीमित भएको थियो। तेस्रो प्रयासमा भने टोलीले उपाधि जित्दै अघिल्ला दुई फाइनलको निराशा मेटाएको छ।
यसपटक सुदूरपश्चिमले अघिल्लो संस्करणको फाइनलमा आफूलाई हराएको लुम्बिनीलाई नै पराजित गर्दै उपाधि उचालेको हो। लुम्बिनी भने लगातार दोस्रो सिजन फाइनलमा पुगेर यसपटक उपविजेतामा सीमित भएको छ।
प्रतिक्रिया दिनुहोस