२०८३, मंसिर ९ गते

images

बालेन–मोदीले गरे पाइपलाइन उद्घाटन र नयाँ टर्मिनलको शिलान्यास

सोमवार , मंसिर ७, २०८३

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को दुईदिने भारत भ्रमणका क्रममा भारतले मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजनाको दोस्रो चरण नेपाललाई हस्तान्तरण गरेको छ।

प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रिमोट थिचेर भर्चुअल माध्यमबाट संयुक्त रूपमा परियोजनाको उद्घाटन गरेपछि भारतले नेपाललाई उक्त परियोजना हस्तान्तरण गरेको हो। यसै अवसरमा सिलिगुडी–झापा पेट्रोलियम पाइपलाइन तथा ग्रिनफिल्ड टर्मिनलको समेत शिलान्यास गरिएको छ।

करिब १२ अर्ब ४४ करोड ७३ लाख रुपैयाँ प्रारम्भिक लागत अनुमान गरिएको उक्त परियोजना पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। यसमध्ये पाइपलाइनका लागि २ अर्ब ७८ करोड भारु र टर्मिनलका लागि ५ अर्ब भारु लागत अनुमान गरिएको छ। आयोजना सम्पन्न भएपछि इन्धन ढुवानी खर्च ४० देखि ५० प्रतिशतसम्म घट्ने वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) प्रतिवेदनले देखाएको छ।

नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसन (आईओसी) को साझेदारीमा अघि बढाइएका यी दुवै पूर्वाधार परियोजना सम्पन्न भएपछि नेपालको इन्धन ढुवानी लागत घट्नुका साथै ऊर्जा सुरक्षा र पेट्रोलियम पदार्थको आपूर्ति प्रणालीमा सुधार आउने अपेक्षा गरिएको छ। यी परियोजनाले नेपालमा पेट्रोलियम पदार्थको सहज, सुरक्षित र नियमित आपूर्ति सुनिश्चित गर्नसमेत महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

images
images