२०८३, मंसिर ९ गते

images

पाकिस्तान ‘ए’ सँग ९६ रनले पराजित हुँदै राइजिङ स्टार्स एसियाकपबाट बाहिरियो नेपाल

मंगलवार , मंसिर ८, २०८३

कतारमा जारी एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगितामा नेपाल समूह चरणबाटै बाहिरिएको छ। मंगलबार भएको समूहको अन्तिम खेलमा पाकिस्तान ‘ए’ सँग ९६ रनले पराजित भएपछि नेपालको सेमिफाइनल यात्रा टुंगिएको हो। पाकिस्तानले दिएको १६९ रनको लक्ष्य पछ्याएको नेपाल १७.३ ओभरमा ७२ रनमै समेटियो।

नेपालका लागि ओपनर मयन यादवले सर्वाधिक ४१ रन बनाए। उनले ५० बल खेलेर नेपालको इनिङ्स सम्हाल्ने प्रयास गरे पनि अन्य ब्याटरबाट साथ पाउन सकेनन्। मयन अन्तिम विकेटका रूपमा आउट भए। बसिर अहमदले ११ रन बनाए भने अन्य कुनै पनि नेपाली ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। नेपालका ६ ब्याटर शून्य रनमै आउट भए।

 पाकिस्तान ‘ए’ का लागि मोहम्मद हसनैन र सुफ्यान मोकिमले समान तीन विकेट लिए। इमरान रान्धवाले दुई तथा माज सदाकतले एक विकेट लिए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तान शाहीन्सलाई नेपालले ४२ ओभरमा १६८ रनमा अलआउट गरेको थियो। नेपालका लेगस्पिनर राशिद खानले उत्कृष्ट बलिङ गर्दै आठ ओभरमा ३९ रन खर्चेर पाँच विकेट लिए। यो उनको लिस्ट ‘ए’ करियरको पहिलो पाँच विकेट प्रदर्शन हो।

पाकिस्तानका लागि रोहेल नजिरले अविजित ६४ रन बनाए। उनले ८३ बलमा चार चौका र तीन छक्का प्रहार गरे। हसन नवाजले २८, अहमद दानियालले १६, हैदर अलीले १५ तथा माज सदाकत र कप्तान अब्दुल समादले समान १३ रन बनाए।

नेपालका लागि राशिदबाहेक अभिषेक गौतमले दुई तथा कप्तान सन्दीप लामिछाने र कुशल भुर्तेलले एक–एक विकेट लिए। अभिषेकले यही खेलबाट लिस्ट ‘ए’ क्रिकेटमा डेब्यू गरेका थिए।

प्रतियोगितामा नेपालले पहिलो खेलमा भारत ‘ए’सँग ३०६ रनको फराकिलो हार बेहोरेको थियो। दोस्रो खेलमा भने यूएईलाई पराजित गरेको थियो। पाकिस्तान शाहीन्ससँगको हारसँगै नेपालले समूह चरणमा एक जित र दुई हारसहित प्रतियोगिताको यात्रा टुंग्याएको छ।

समूह ‘बी’बाट तीनवटै खेल जितेको  पाकिस्तान ‘ए’ समूह विजेता र भारत ‘ए’ उपविजेताका रूपमा सेमिफाइनलमा प्रवेश गरेका छन्।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

images
images