दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत बुधबार पाँच खेलमा प्रतिस्पर्धा हुँदैछ। महिला क्रिकेट, पुरुष फुटबल, महिला बास्केटबल, टेनिस र पौडीका खेलहरू सञ्चालन हुनेछन्। औपचारिक उद्घाटन मंसिर १६ गते हुने भए पनि प्रतियोगिताका प्रतिस्पर्धात्मक खेल मंसिर ८ गतेदेखि नै सुरु भएका हुन्।
बुधबार पुरुष फुटबल र महिला क्रिकेटमा दुई–दुई खेल हुनेछन्। महिला बास्केटबलमा फुल कोर्ट र थ्री एक्स थ्री विधाका खेल सञ्चालन हुनेछन् भने टेनिस र पौडीतर्फ पनि खेलाडीहरूले प्रतिस्पर्धा गर्नेछन्।
महिला क्रिकेटमा बागमती–सुदूरपश्चिम र कोशी–कर्णाली भिड्दै महिला क्रिकेटतर्फ वीरेन्द्रनगर क्रिकेट मैदानमा दुई खेल हुने तालिका छ। बिहान ९ः३० बजे बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुनेछ। दिउँसो १ः१५ बजे कोशी प्रदेशले आयोजक कर्णाली प्रदेशसँग खेल्नेछ।
पुरुष फुटबलमा दुई खेल पुरुष फुटबलतर्फ बुधबार दुई खेल हुनेछन्। बिहान ९ बजे त्रिभुवन आर्मी क्लब र लुम्बिनी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ। दिउँसो २ः३० बजे कोशी प्रदेश र बागमती प्रदेश आमनेसामने हुनेछन्।
बास्केटबलमा चार खेल महिला बास्केटबलतर्फ फुल कोर्ट र थ्री एक्स थ्री दुवै विधामा प्रतिस्पर्धा हुनेछ। फुल कोर्टमा बिहान ९ बजे नेपाल पुलिस क्लब र कर्णाली प्रदेश तथा १० बजे मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशबीच खेल हुनेछ।
थ्री एक्स थ्री विधामा दिउँसो १२ः१० बजे नेपाल आर्मी र एपीएफ तथा १२ः३० बजे मधेश प्रदेश र बागमती प्रदेशबीच प्रतिस्पर्धा हुनेछ।
टेनिसमा १५ खेलको तालिका टेनिसका खेल बर्दियाको गुलरियामा सञ्चालन हुनेछन्। बिहान ८ः३० बजेदेखि सुरु हुने प्रतिस्पर्धामा महिला एकल र पुरुष युगलका खेल हुनेछन्। दिनभर महिला एकल, पुरुष युगल र मिश्रित युगल गरी १५ खेलको तालिका रहेको छ।
पौडीमा ११ विधामा प्रतिस्पर्धा पौडीतर्फ बुधबार ११ विधामा खेलाडीहरूले प्रतिस्पर्धा गर्नेछन्। महिला फ्रिस्टाइल ८०० मिटर र पुरुष इन्डिभिजुअल मिडले ४०० मिटरबाट प्रतिस्पर्धा सुरु हुनेछ।
त्यसपछि महिला तथा पुरुष बटरफ्लाइ ५० मिटर, फ्रिस्टाइल २०० मिटर र ब्याकस्ट्रोक १०० मिटरका खेल हुनेछन्। महिला मिडले रिले ४×१०० मिटर, पुरुष फ्रिस्टाइल रिले ४×२०० मिटर र मिश्रित मिडले रिले ४×५० मिटरमा पनि प्रतिस्पर्धा हुनेछ। पौडीका खेल स्वचालित टाइमिङ प्रणालीमार्फत सञ्चालन हुनेछन्।
कर्णाली प्रदेशमा आयोजना भइरहेको दशौं राष्ट्रिय खेलकुदमा विभिन्न प्रदेश तथा विभागीय टोलीका खेलाडीहरू सहभागी छन्। प्रतियोगिताको औपचारिक उद्घाटन मंसिर १६ गतेका लागि तय गरिएको छ।
प्रतिक्रिया दिनुहोस