२०८३, मंसिर ११ गते

images

ग्लोबल आइएमई बैंकको गल्फ प्रतियोगिता हुँदै, ‘होल इन वान’ गर्नेले जित्नेछन् स्कोडा एसयूभी

बिहिवार , मंसिर १०, २०८३

ग्लोबल आइएमई बैंकको आयोजनामा ‘ग्लोबल आइएमई प्लाटिनम गल्फ २०२६’ प्रतियोगिता आयोजना हुने भएको छ। बैंकले आगामी मंसिर १२ र १३ गते काठमाडौँको थलीस्थित गोकर्ण फरेस्ट रिसोर्टमा दुईदिने गल्फ प्रतियोगिता सञ्चालन गर्न लागेको हो।

प्रतियोगितामार्फत खेलकुद संस्कृतिको प्रवर्द्धन, आपसी सम्बन्ध विस्तार तथा विभिन्न क्षेत्रका खेलप्रेमी व्यक्तिहरूबीच अर्थपूर्ण सम्बन्ध स्थापित गर्ने लक्ष्य बैंकले राखेको छ।

प्रतियोगिताको मुख्य आकर्षणका रूपमा ‘होल इन वान’ गर्ने खेलाडीलाई आधुनिक स्कोडा एसयूभी गाडी प्रदान गरिने भएको छ। त्यस्तै, अन्य विधाका विजेताहरूका लागि चन्द्रागिरि हिल्स र डिसहोमका विशेष प्याकेज पुरस्कारको व्यवस्था गरिएको बैंकले जनाएको छ।

दुई दिनसम्म सञ्चालन हुने प्रतियोगिताले खेलप्रेमीहरूलाई खेल, प्रकृति र आपसी सद्भावको अनुपम अनुभव प्रदान गर्ने बैंकको विश्वास छ। प्रतियोगिता आयोजना गर्न आइएमई रेमिट, डिसहोम, चन्द्रागिरि हिल्स, आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स, एमएडब्लू तथा बाराहसिंघेको समेत सहकार्य रहेको छ।

यसैबीच, ग्लोबल आइएमई बैंकले देशभर तथा विदेशमा आफ्नो सेवा सञ्जाल विस्तार गर्दै आएको छ। बैंकले हाल ३४१ शाखा, ३६६ एटीएम, १३६ शाखारहित बैंकिङ केन्द्र, ६९ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर र तीनवटा विदेशस्थित प्रतिनिधि कार्यालयसहित एक हजारभन्दा बढी सेवा केन्द्रमार्फत सेवा प्रदान गर्दै आएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

images
images