माछापुच्छ्रे बैंक लिमिटेडले भिसा लिडरसिप कन्क्लेभमा ‘एक्सिलेन्स इन पीओएस एक्वायरिङ बिजनेस–एसोसिएट क्लाइन्ट’ अवार्ड प्राप्त गरेको छ। पीओएस एक्वायरिङ बिजनेसअन्तर्गत उत्कृष्ट कार्यसम्पादन र योगदानको कदर गर्दै बैंकलाई उक्त अवार्ड प्रदान गरिएको हो। यस सम्मानले डिजिटल भुक्तानी सेवामा माछापुच्छ्रे बैंकले हासिल गरेको उपलब्धिलाई थप उजागर गरेको बैंकले जनाएको छ।
यो अवार्डसँगै बैंकले भिसाबाट लगातार तेस्रोपटक सम्मान प्राप्त गरेको छ। यसअघि बैंकले सन् २०२४ मा ‘एक्सिलेन्स इन पीओएस एक्वायरिङ बिजनेस’ र सन् २०२३ मा ‘एक्सिलेन्स इन पीओएस एक्वायरिङ–एसोसिएट मेम्बर’ अवार्ड पाएको थियो।
भिसाबाट प्राप्त निरन्तर सम्मानले डिजिटल भुक्तानी प्रणालीको प्रवर्द्धन, नवीन प्रविधिको अवलम्बन तथा ग्राहकलाई सहज, सुरक्षित र प्रभावकारी भुक्तानी सेवा प्रदान गर्ने बैंकको प्रतिबद्धता प्रतिबिम्बित गरेको छ।
माछापुच्छ्रे बैंक यसअघि पनि विभिन्न अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भइसकेको छ। बैंकले इन्फोसिस फिनाकल इनोभेसन अवार्ड्स २०२६ अन्तर्गत ‘म्याक्सिमाइजिङ कस्टमर इन्गेजमेन्ट’ विधामा प्लेटिनम अवार्ड प्राप्त गरेको थियो। त्यस्तै, इन्डियन चेम्बर अफ कमर्सद्वारा आयोजित फोर्थ इमर्जिङ एसिया बैंकिङ कन्क्लेभ एन्ड अवार्ड्स २०२६ मा ‘बेस्ट पर्फर्मेन्स अन रिस्क म्यानेजमेन्ट’ लगायतका अवार्डसमेत प्राप्त गरेको बैंकले जनाएको छ।
प्रतिक्रिया दिनुहोस