होमपेज > काँक्रो खानुका अद्भूत फाइदाहरु

काँक्रो खानुका अद्भूत फाइदाहरु

बिज्ञापन

काँक्रो यस्तो फल हो, जुन बजारमा वर्षैभरि पाइन्छ । काँक्रो चिरा पारेर नुन, खुर्सानी दलेर खानुको मज्जानै बेग्लै । काँक्रोको प्रयोग अचार र सलादमा बढी हुन्छ । काँक्रोको पातलो गोलाकर पत्रलाई दुवै आँखामा राखेर एकखालको फेसियल थेरापी पनि गर्ने गरिन्छ ।

काँक्रो प्राय हामी सबैलाई मन पर्ने सलाद हो । यो हाम्रो भान्सा घरमा सजिलै पाईन्छ तर के तपाईंलाई काँक्रो बारेमा केहि यस्ता रोचक कुरा थाहा छ ? आज हामी यस बारेमा कुरा गर्नेछौ । खानामा स्वादिलो र स्वास्थ्यका लागि फाइदाजनक काँक्रोमा करिब ९० प्रतिशत पानी हुन्छ । सोही कारण गर्मी याममा मानिस शरीरमा पानीको कमी हुन नदिन काँक्रो खाइरहेका हुन्छन् ।

नियमित रुपमा काँक्रो खाने हो भने मुहार चाउरी पर्दैन । यसले अनुहारलाई मोइस्चराइज गराउनुका साथै छालालाई डढ्नबाट बचाउँछ ।  सूर्यको किरणद्वारा उत्पन्न हुने समस्याका लागि काँक्रो लाभदायी हुन्छ । यसको बोक्रामानै म्याग्नेसियम, पोटासियम र सिलिकनजस्ता तत्व हुन्छन् ।  यसले शरीरमा भएको हानिकारक तत्वलाई प्रभावकारी रुपमा बाहिर निकाल्छ । मिर्गौलाको पत्थरीमा यो निकै लाभकारी मानिन्छ। भिटामिन, मिनरल्सलगायत पोषणतत्वयुक्त काँक्रोका यस्ता अनेकौं फाइदा छन्, जसबारे हामी अझै अनभिज्ञ छौं ।

जानौं, काँक्रोका फाइदाः

१-तौल कम गर्छ

फाइबरयुक्त काँक्रोमा पानीको मात्रा बढी र क्यालोरी कम हुन्छ । भोजनमा काँक्रोको मात्रा बढाउने मानिसको शरीरमा अतिरिक्त तौल बढ्दैन । मध्यान्हमा काँक्रो खानूस्, भोक लाग्दैन । तपाईंको भोकलाई काँक्रोले नै खाइदिन्छ, जसले गर्दा शरीरमा क्यालोरी बढ्न पाउँदैन र तौल कम हुन थाल्छ ।

यसैगरी काँक्रोमा पाइने भिटामिन ए, बी र सीले शरीरमा शक्ति प्रदान गर्नुका साथै पाचन प्रक्रियालाई मजबुत बनाउँछ । काँक्रोमा पाइने सिलिकनले जोर्नी तथा शरीरका कोषिका मजबुुत बनाउन मद्दत गर्छ ।

२-क्यान्सरविरुद्ध लड्छ

काँक्रोमा क्याफिक, कुकुरविटासिन्स, लुटेन, फिस्टिनलगायत तत्व हुन्छन्, जसले स्तन, ओभरी, प्रोस्टेट र पाठेघरको क्यान्सर हुनबाट बचाउँछन् । काँक्रोमा एन्टिअक्सीडेन्टको मात्रा हुने भएकाले यसले शरीरका टक्सिन बाहिर निकाल्छ र क्यान्स सेल्स बढ्न दिँदैन ।

३-मधुमेह र रक्तचाप हुन दिँदैन

काँक्रोमा प्रशस्त मात्रामा पोटासियम, सिलिकनलगायत मिनरल्स हुन्छन्, जुन शारीरिक विकासका लागि आवश्यक छन् । काँक्रोमा पाइने फाइबर, म्याग्नेसियम र पोटासियमले रक्तचाप नियन्त्रित राख्न मद्दत गर्छ । काँक्रोको जुस मधुमेहका लागि पनि फाइदाजनक छ । यसले पेंक्रियाटिक कोषिकालाई इन्सुलिन उत्पादन गर्न सघाउँछ ।

४-मृगौला रोगबाट बचाउँछ

पानीले भरिपूर्ण काँक्रोले विषाक्त तत्वलाई हाम्रो शरीरबाट बाहिर फाल्ने मात्र नभई मृगौलाको पत्थरीलाई गायब पार्नसमेत मद्दत गर्छ । यसलाई गाँजरसित मिसाएर खाएमा युरिक एसिड कम गरी गाउट तथा आर्थराइटिसको दुःखाइ कम गर्छ । काँक्रोले युरिक एसिड कम गर्ने भएकाले त्यसका कारण हुन सक्ने मृगौलासम्बन्धि समस्याबाट समेत बचाउँछ ।

५-दाँत बलियो बनाउँछ

काँक्रोलाई राम्रोसित चपाएर खाएमा दाँतलाई ताजा तथा सफा राख्नुका साथै गिजा सुन्निनबाट बचाउँछ । काँक्रोमा पाइने साइटोकेमिकल्सले मुखमा रहेका ब्याक्टेरिया नष्ट गर्छ, जसका कराण मुखबाट गन्ध आउन बन्द हुन्छ ।

६-ह्याङ्ओभर हटाउँछ

काँक्रोमा हुने भिटामिन-बी, इलेक्ट्रोलाइट्स तथा चिनीले टाउको दुख्ने समस्याबाट आराम दिन्छ । यसले ‘ह्याङओभर’ (धङधङी)बाट बचाउँछ । यदि साँझमा मदिरा अत्यधिक पिउनु भएको छ भने केही चिरा काँक्रा खानूस्, अर्को दिन ह्याङ्ओभर हुँदैन ।

७-कपाल र नङ चम्काउँछ

सिलिकन तथा सल्फरयुक्त काँक्रोले कपाल र नङलाई भरपूर मात्रामा पोषकतत्व प्रदान गर्छ । यसले नङ तथा कपाल बढाउनसमेत मद्दत गर्छ ।

८-डार्क सर्कल हटाउँछ

काँक्रोमा एन्टि-इन्फ्लामेन्टरी तत्व पाइन्छ, जसले अनुहारको डार्क सर्कल हटाउन मद्दत गर्छ । काँक्रोमा भिटामिन ए, बी र सी अधिक मात्रामा पाइन्छ । यसलाई पातलो स्लाइसमा काटेर आँखाको दुवैपट्टी लगाएको खण्डमा आँखाबाट कालो दाग हटेर जान्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. सिद्धार्थ बैंकका ग्राहकलाई वर पिपल रिसोर्टमा १५ प्रतिशतसम्म छुट
  2. अनलाइन बेटिङविरुद्ध प्राधिकरणको कडा कारबाही, २ लाख २३ हजारभन्दा बढी वेबसाइट र एप बन्द
  3. एक वर्षमा २० खर्बभन्दा बढीको वस्तु आयात, निर्यात ३ खर्ब नाघ्यो
  4. अब नेपालमा २०० र ५०० दरका भारतीय नोट सटही गर्न पाइने
  5. ‘राजनीतिक दबाब र सोर्सफोर्स स्वीकार्य छैन, करदातालाई खुसी पारेर राजस्व उठाउनुहोस्’
  6. साउदीबाट टिक्मो मार्फत आइएमई गरेर पैसा पठाउँदा अभिषेकले पाए वीवाइडी अटो १ ईभी कार
  7. विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः रामप्रसाद धिताल नियुक्त
  8. नेप्से १४ अंकले बढ्यो, कारोबार ४ अर्ब ६९ करोड नाघ्यो
  9. नबिल बैंकलाई युरोमनीका तीन प्रतिष्ठित अवार्ड
  10. १० नेपाल माइक्रो इन्स्योरेन्सका निलम्बित सीईओ मृगेन्द्रनाथ रिमाल पक्राउ
  11. ११ नेपाली बजारमा MAXUS eTERRON 9 Comfort सार्वजनिक, पहिलो ५० ग्राहकलाई विशेष मूल्य
  12. १२ ७५३ वटै स्थानीय तहको बाँझो जग्गा अब ‘भूमि बैंक’मार्फत उत्पादनमा लगाइने
  13. १३ प्रधानमन्त्री शाहले अर्ग्यानिक कृषि क्षेत्रका व्यवसायीसँग छलफल गर्दै
  14. १४ विद्युत् निर्यातबाट नेपालले कमायो २९ अर्ब, ऊर्जा व्यापारमा १८ अर्ब ७६ करोडको खुद बचत
  15. १५ नेपालको सार्वजनिक ऋण ३० खर्ब नजिक, एक वर्षमै ३ खर्बभन्दा बढीले बढ्यो