होमपेज > पाँच महिनामै साढे सात अर्बभन्दा बढीको पेट्रोलियम पदार्थ आयात

पाँच महिनामै साढे सात अर्बभन्दा बढीको पेट्रोलियम पदार्थ आयात

बिज्ञापन

चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट साढे सात अर्ब रुपैयाँभन्दा बढी मूल्यको पेट्रोलियम पदार्थ आयात भएको छ। मेची भन्सार कार्यालयका अनुसार उक्त अवधिमा पेट्रोल, डिजेल, एलपी ग्यास, एटीएफ र मट्टितेल गरी कुल रु सात अर्ब ८४ करोड ४० लाख २३ हजार बराबरको पेट्रोलियम पदार्थ आयात भएको हो।

मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिको तुलनामा पेट्रोलियम पदार्थको आयात रु २३ करोड ५२ लाख ७० हजार, अर्थात् ३.१० प्रतिशतले वृद्धि भएको छ। आयात बढेसँगै यस क्षेत्रबाट प्राप्त राजस्वमा पनि सुधार देखिएको छ। उनका अनुसार पेट्रोलियम पदार्थबाट संकलित राजस्व २.५० प्रतिशतले बढ्दै रु नौ करोड ४२ लाख ९५ हजार थप भएको छ।

कार्यालयको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षका पहिलो पाँच महिनामा मात्र पेट्रोलियम पदार्थ आयातबाट रु तीन अर्ब ८० करोड ५८ लाख ६४ हजार राजस्व संकलन गरिएको छ। यस अवधिमा रु तीन अर्ब ८२ करोड ७० लाख मूल्य बराबरको ४३ हजार १६० किलोलिटर पेट्रोल आयात भएको छ भने रु दुई अर्ब ५३ करोड १६ लाख मूल्यका २६ हजार १२० किलोलिटर डिजेल भित्रिएको छ।

त्यसैगरी, पाँच महिनाको अवधिमा रु एक अर्ब एक करोड ६० लाख मूल्यका १० हजार ४८० मेट्रिक टन एलपी ग्यास, रु ३२ करोड ८२ लाख मूल्यको तीन हजार ५८० किलोलिटर एटीएफ तथा रु छ करोड ३१ लाख मूल्यका ६८० किलोलिटर मट्टितेल आयात भएको भन्सार कार्यालयले जनाएको छ।

पूर्वीनाकाबाट हुने पेट्रोलियम पदार्थको आयात र त्यसबाट प्राप्त राजस्वमा देखिएको यो वृद्धि आर्थिक गतिविधि विस्तार र ऊर्जा खपत बढ्दो क्रममा रहेको संकेतका रूपमा हेरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. हदबन्दीभन्दा बढी जग्गा राख्ने कम्पनी र संस्थाको स्थलगत अनुगमन गर्न निर्देशन
  2. देशभर जग्गाको सरकारी मूल्यांकन १० प्रतिशतसम्म बढ्यो, काठमाडौंमा प्रतिआना ७६ लाख ६० हजारसम्म
  3. शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल फेरि पक्राउ
  4. मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?
  5. १३ राजदूतका लागि ३ हजार आवेदन
  6. हस्तकला व्यवसायको विकास, विस्तार र संरक्षणका लागि सहकार्य गर्न सरकार तयार
  7. नेप्से करिब १४ अंकले घट्यो, ५ अर्ब १८ करोडको कारोबार
  8. एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ‘प्रदेश बचत खाता’ सुरु
  9. ३ करोड बिक्रीसँगै आयोन बन्यो विश्व ईभी बजारको शक्तिशाली ब्रान्ड
  10. १० तोलामै ५ हजार ४ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?
  11. ११ मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
  12. १२ अर्थमन्त्रीले ल्याएको कर, प्रधानमन्त्रीले हटाए : समता कर प्रकरणले उठाएको नीतिगत प्रश्न
  13. १३ अण्डाको मूल्य बढ्न थाल्यो, किसान अझै लागतभन्दा तल
  14. १४ प्रोटोन इ.मास ५ सार्वजनिकसँगै चार नयाँ सहरमा सोरुम र सर्भिस सेन्टर विस्तार
  15. १५ सामाजिक सुरक्षा भत्तामा ३२ लाख अनियमितता, वडा अध्यक्ष र सचिवसहित ४२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा