होमपेज > यस्तो छ १८ मन्त्रालयको बजेटः कसलाई कति? (पूर्णपाठसहित)

यस्तो छ १८ मन्त्रालयको बजेटः कसलाई कति? (पूर्णपाठसहित)

बिज्ञापन

अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/८२ को लागि १८ खर्ब ६० अर्ब ३० करोडको बजेट ल्याएका छन् । संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा पुनले प्रस्तुत गरेको बजेट चालुतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड अर्थात ६१.३१ प्रतिशत तथा पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ५२ करोड अर्थात १८.९४ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ ३ खर्ब ६७ अर्ब रहेको उल्लेख गरेका हुन् ।

अर्थमन्त्री पुनले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटमा सबैभन्दा बढी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई विनियोजन गरेका छन् । शिक्षा मन्त्रालयलाई दुई खर्ब तीन अर्ब ६६ करोड रुपैयाँ बजेट विनियोजन गरेका छन् ।

यस्तै आगामी आर्थिक वर्षको लागि सबैभन्दा कम बजेट महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले पाएको छ । महिला मन्त्रालयको लागि आगामी आर्थिक वर्ष एक अर्ब ६० करोड रुपैयाँ बजेट छुट्टयाइएको छ । अर्थ मन्त्रालयको लागि भने बजेट तोकिएको छैन ।

हेर्नुस् कुन मन्त्रालयको बजेट कति ?

१) सञ्चार तथा सूचना प्रविधि मन्त्रालय–७ अर्ब ३५ करोड
२) संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय–११ अर्ब ९१ करोड
३) उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय–९ अर्व २८ करोड
४) श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय–८ अर्ब १० करोड
५) भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय–६ अर्ब ८२ करोड
६) वन तथा वातावरण मन्त्रालय–१५ अर्ब ७० करोड
७) शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय–२ खर्ब ३ अर्ब ६६ करोड
८) स्वास्थ्य तथा जनसंख्या मन्त्रालय–८६ अर्ब २४करोड
९) खानेपानी मन्त्रालय–२६ अर्ब ६३ करोड
१०) कृषि तथा पशुपंक्षी मन्त्रालय–५६ अर्ब २९ करोड
११) युवा तथा खेलकुद मन्त्रालय–३ अर्ब ५० करोड
१२) ऊर्जा तथा जलस्रोत मन्त्रालय–५० अर्ब ७४ करोड
१३) महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय–एक अर्ब ६० करोड
१४) भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय–एक खर्ब ५० अर्ब ५३ करोड
१५) शहरी विकास मन्त्रालय–९२ अर्ब ६३ करोड
१६) रक्षा मन्त्रालय–५९ अर्ब ८७ करोड
१७) गृह मन्त्रालय–एक खर्ब ९९ अर्ब २४ करोड
१८) परराष्ट्र मन्त्रालय–६ अर्ब ७७ करोड

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. हदबन्दीभन्दा बढी जग्गा राख्ने कम्पनी र संस्थाको स्थलगत अनुगमन गर्न निर्देशन
  2. देशभर जग्गाको सरकारी मूल्यांकन १० प्रतिशतसम्म बढ्यो, काठमाडौंमा प्रतिआना ७६ लाख ६० हजारसम्म
  3. शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल फेरि पक्राउ
  4. मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?
  5. १३ राजदूतका लागि ३ हजार आवेदन
  6. हस्तकला व्यवसायको विकास, विस्तार र संरक्षणका लागि सहकार्य गर्न सरकार तयार
  7. नेप्से करिब १४ अंकले घट्यो, ५ अर्ब १८ करोडको कारोबार
  8. एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ‘प्रदेश बचत खाता’ सुरु
  9. ३ करोड बिक्रीसँगै आयोन बन्यो विश्व ईभी बजारको शक्तिशाली ब्रान्ड
  10. १० तोलामै ५ हजार ४ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?
  11. ११ मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
  12. १२ अर्थमन्त्रीले ल्याएको कर, प्रधानमन्त्रीले हटाए : समता कर प्रकरणले उठाएको नीतिगत प्रश्न
  13. १३ अण्डाको मूल्य बढ्न थाल्यो, किसान अझै लागतभन्दा तल
  14. १४ प्रोटोन इ.मास ५ सार्वजनिकसँगै चार नयाँ सहरमा सोरुम र सर्भिस सेन्टर विस्तार
  15. १५ सामाजिक सुरक्षा भत्तामा ३२ लाख अनियमितता, वडा अध्यक्ष र सचिवसहित ४२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा