होमपेज > विदेशी कलेजसँग सम्बन्धनका नाममा ठगी!, शिक्षामन्त्री महावीर पुनले सुरु गरे छानबिन

विदेशी कलेजसँग सम्बन्धनका नाममा ठगी!, शिक्षामन्त्री महावीर पुनले सुरु गरे छानबिन

बिज्ञापन

शिक्षामन्त्री महावीर पुनले विदेशी कलेजहरूसँग सम्बन्धन लिएर नेपालमै पढाइ गराउने केही कलेज तथा विदेश पढ्न पठाउने नाममा खोलिएका कन्सल्टेन्सीहरूको छानबिन प्रक्रिया अघि बढेको बताएका छन्।

मन्त्री पुनका अनुसार ती कलेज र कन्सल्टेन्सीहरूले झुटो आश्वासन र प्रलोभन देखाएर नेपाली विश्वविद्यालयको भन्दा पनि कम गुणस्तरको शिक्षा दिने, साथै विद्यार्थीहरूलाई अलपत्र पार्ने गरेको भन्दै शिक्षा मन्त्रालयमा धेरै उजुरी आएका छन्। यस्ता गतिविधिको रोकथाम र सुधारका लागि मन्त्रालय सक्रिय रूपमा अघि बढिसकेको उनले स्पष्ट पारे।

उनले भने, “विदेशी कलेजहरूसँग सम्बन्धन लिएर नेपालमै पढाउने केही कलेजहरू र विदेशमा पढ्न पठाउने भनेर खोलिएका केही कन्सल्टेन्सीहरूले झुटो आश्वासन र प्रलोभन दिई नेपाली विश्वविद्यालयको भन्दा पनि कम गुणस्तरको शिक्षा दिने र विद्यार्थीहरूलाई अलपत्र पार्ने धेरै उजुरी आएका छन्। त्यसलाई रोकथाम र सुधार गर्न शिक्षा मन्त्रालय अघि बढिसकेको छ।”

शिक्षामन्त्री पुनले ठगीमा परेका विद्यार्थीहरूलाई प्रमाणसहित लिखित उजुरी दिन आग्रहसमेत गरेका छन्। मन्त्रालयले प्राप्त उजुरीका आधारमा आवश्यक छानबिन गरी दोषीमाथि कारबाही प्रक्रिया अघि बढाइने उनको भनाइ छ।

पछिल्लो समय विदेशी डिग्रीको नाममा नेपालमै अध्ययन गराउने कलेज र कन्सल्टेन्सीको संख्या बढ्दै जाँदा विद्यार्थी र अभिभावकबीच चिन्ता बढेको सन्दर्भमा मन्त्रालयको कदमलाई महत्वपूर्ण रूपमा हेरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. हदबन्दीभन्दा बढी जग्गा राख्ने कम्पनी र संस्थाको स्थलगत अनुगमन गर्न निर्देशन
  2. देशभर जग्गाको सरकारी मूल्यांकन १० प्रतिशतसम्म बढ्यो, काठमाडौंमा प्रतिआना ७६ लाख ६० हजारसम्म
  3. शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल फेरि पक्राउ
  4. मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?
  5. १३ राजदूतका लागि ३ हजार आवेदन
  6. हस्तकला व्यवसायको विकास, विस्तार र संरक्षणका लागि सहकार्य गर्न सरकार तयार
  7. नेप्से करिब १४ अंकले घट्यो, ५ अर्ब १८ करोडको कारोबार
  8. एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ‘प्रदेश बचत खाता’ सुरु
  9. ३ करोड बिक्रीसँगै आयोन बन्यो विश्व ईभी बजारको शक्तिशाली ब्रान्ड
  10. १० तोलामै ५ हजार ४ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?
  11. ११ मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
  12. १२ अर्थमन्त्रीले ल्याएको कर, प्रधानमन्त्रीले हटाए : समता कर प्रकरणले उठाएको नीतिगत प्रश्न
  13. १३ अण्डाको मूल्य बढ्न थाल्यो, किसान अझै लागतभन्दा तल
  14. १४ प्रोटोन इ.मास ५ सार्वजनिकसँगै चार नयाँ सहरमा सोरुम र सर्भिस सेन्टर विस्तार
  15. १५ सामाजिक सुरक्षा भत्तामा ३२ लाख अनियमितता, वडा अध्यक्ष र सचिवसहित ४२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा