होमपेज > म्यारिअट र सीजीबीच साझेदारी, काठमाडौंमा विश्वस्तरीय होटल परियोजना घोषणा

म्यारिअट र सीजीबीच साझेदारी, काठमाडौंमा विश्वस्तरीय होटल परियोजना घोषणा

बिज्ञापन

विश्वप्रसिद्ध अन्तर्राष्ट्रिय होटल समूह म्यारिअट इन्टरनेसनल र सीजी हस्पिटालिटी ग्लोबलबीच नेपालमा दुईवटा अति विलासी (अल्ट्रा लक्जरी) होटल सञ्चालन गर्ने उद्देश्यसहित रणनीतिक साझेदारी भएको छ।

सम्झौताअनुसार नेपालमा उच्चस्तरीय आतिथ्य परियोजना विकास गरिनुका साथै भारतको सिलिगुडीमा समेत एक होटल निर्माण गरिनेछ। दुवै संस्थाबीचको सहकार्यलाई नेपालको पर्यटन तथा आतिथ्य क्षेत्रका लागि महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।

सम्झौतापत्रमा म्यारिअट इन्टरनेसनल बोर्डका अध्यक्ष डेभिड म्यारिअट र सीजी हस्पिटालिटी ग्लोबलका अध्यक्ष विनोद चौधरीको उपस्थितिमा हस्ताक्षर गरिएको हो।

ठमेलमा ‘रिट्ज–कार्लटन काठमाडौं’

साझेदारीअन्तर्गत नेपालमा सञ्चालन हुने प्रमुख परियोजना ‘रिट्ज–कार्लटन काठमाडौं’ हुनेछ। यसलाई नेपालको होटल तथा पर्यटन क्षेत्रमा हालसम्मकै ठूलो निजी लगानीमध्ये एक मानिएको छ। काठमाडौंको पर्यटकीय केन्द्र ठमेलमा निर्माण हुने परियोजनामा होटलसँगै ब्रान्डेड आवास, व्यावसायिक संरचना तथा क्यासिनोसमेत समावेश गरिने योजना छ।

करिब ९ रोपनी क्षेत्रफलमा विकास गरिने उक्त परियोजनाको अनुमानित लागत १० करोड अमेरिकी डलर अर्थात् झण्डै १५ अर्ब रुपैयाँ रहने बताइएको छ। निर्माण कार्य सन् २०२९ को मध्यसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

१५० कोठा क्षमताको अति विलासी होटल

परियोजनाअन्तर्गत करिब १५० कोठा क्षमताको अति विलासी होटल सञ्चालनमा आउनेछ। होटलका कोठाको शुल्क प्रतिरात एक हजार अमेरिकी डलरभन्दा बढी हुन सक्ने अनुमान गरिएको छ। उक्त होटलले उच्च आय भएका अन्तर्राष्ट्रिय पर्यटक, व्यवसायिक पाहुना तथा विलासी सेवा खोज्ने ग्राहकलाई लक्षित गर्नेछ।

पर्यटन र लगानीमा सकारात्मक प्रभाव

परियोजनाले विदेशी लगानी आकर्षित गर्नुका साथै रोजगारी सिर्जना, पर्यटन पूर्वाधार विस्तार तथा उच्चस्तरीय आतिथ्य सेवा विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। लगानीकर्ताहरूले यस परियोजनाले नेपाललाई दक्षिण एसियाकै आकर्षक उच्चस्तरीय पर्यटन गन्तव्यका रूपमा स्थापित गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. एक वर्षमा २० खर्बभन्दा बढीको वस्तु आयात, निर्यात ३ खर्ब नाघ्यो
  2. अब नेपालमा २०० र ५०० दरका भारतीय नोट सटही गर्न पाइने
  3. ‘राजनीतिक दबाब र सोर्सफोर्स स्वीकार्य छैन, करदातालाई खुसी पारेर राजस्व उठाउनुहोस्’
  4. साउदीबाट टिक्मो मार्फत आइएमई गरेर पैसा पठाउँदा अभिषेकले पाए वीवाइडी अटो १ ईभी कार
  5. विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः रामप्रसाद धिताल नियुक्त
  6. नेप्से १४ अंकले बढ्यो, कारोबार ४ अर्ब ६९ करोड नाघ्यो
  7. नबिल बैंकलाई युरोमनीका तीन प्रतिष्ठित अवार्ड
  8. नेपाल माइक्रो इन्स्योरेन्सका निलम्बित सीईओ मृगेन्द्रनाथ रिमाल पक्राउ
  9. नेपाली बजारमा MAXUS eTERRON 9 Comfort सार्वजनिक, पहिलो ५० ग्राहकलाई विशेष मूल्य
  10. १० ७५३ वटै स्थानीय तहको बाँझो जग्गा अब ‘भूमि बैंक’मार्फत उत्पादनमा लगाइने
  11. ११ प्रधानमन्त्री शाहले अर्ग्यानिक कृषि क्षेत्रका व्यवसायीसँग छलफल गर्दै
  12. १२ विद्युत् निर्यातबाट नेपालले कमायो २९ अर्ब, ऊर्जा व्यापारमा १८ अर्ब ७६ करोडको खुद बचत
  13. १३ नेपालको सार्वजनिक ऋण ३० खर्ब नजिक, एक वर्षमै ३ खर्बभन्दा बढीले बढ्यो
  14. १४ हदबन्दीभन्दा बढी जग्गा राख्ने कम्पनी र संस्थाको स्थलगत अनुगमन गर्न निर्देशन
  15. १५ देशभर जग्गाको सरकारी मूल्यांकन १० प्रतिशतसम्म बढ्यो, काठमाडौंमा प्रतिआना ७६ लाख ६० हजारसम्म