होमपेज > रवीन्द्र र धवलशमशेरसहित ९ जनाविरुद्ध राज्यविरुद्धको अपराध कसुरमा म्याद थप हुँदै

रवीन्द्र र धवलशमशेरसहित ९ जनाविरुद्ध राज्यविरुद्धको अपराध कसुरमा म्याद थप हुँदै

बिज्ञापन

शुक्रबार राजधानीको तीनकुने क्षेत्रमा भएको प्रदर्शनका क्रममा हिंसा भड्काएको आरोपमा पक्राउ परेका राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणा, ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ का प्रवक्ता स्वागत नेपाल, शाही युवा शक्ति नेपालका अध्यक्ष पशुपति खड्का, धर्मगुरु पुष्कर खतिवडासहित ९ जनाविरुद्ध ‘राज्यविरुद्धको अपराध कसुर’मा म्याद थप हुने भएको छ।

सबैलाई आइतबार म्याद थपका लागि काठमाडौँ जिल्ला अदालतमा पेस गरिने जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। उनीहरूलाई आन्दोलन भड्काउन भूमिका खेल्ने ‘हार्ड कोर’को रूपमा परिभाषित गर्दै प्रहरीले मुद्दा प्रक्रिया अघि बढाउन लागेको हो। उनीहरुविरुद्ध ‘राज्यविरुद्धको अपराध कसुर’ सँगै ज्यान मार्ने उद्योग, आपराधिक उपद्रव, आगजनी, संगठित अपराध, ज्यान सम्बन्धी कसुर, आगजनी जस्ता मुद्दा चलाउने प्रहरीको तयारी छ।

शुक्रबारको घटनामा प्रहरीले हालसम्म ११३ जनालाई पक्राउ गरेको छ। पक्राउ परेका अन्यको हकमा आवश्यक स्क्रिनिङपछि आगजनी, संगठित अपराध, ज्यान सम्बन्धी कसुर, आगजनीलगायतका मुद्दा चलाउने प्रहरीको भनाइ छ।

शुक्रबार राजावादीको प्रदर्शनमा २ जनाको मृत्यु भएको थियो भने तोडफोड र आगजनी घटना समेत भएका थिए। उक्त घटनालाई अराजक बनाउन भूमिका खेलेको आरोप लागेका दुर्गा प्रसाईँ हालसम्म फरार छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. एक वर्षमा २० खर्बभन्दा बढीको वस्तु आयात, निर्यात ३ खर्ब नाघ्यो
  2. अब नेपालमा २०० र ५०० दरका भारतीय नोट सटही गर्न पाइने
  3. ‘राजनीतिक दबाब र सोर्सफोर्स स्वीकार्य छैन, करदातालाई खुसी पारेर राजस्व उठाउनुहोस्’
  4. साउदीबाट टिक्मो मार्फत आइएमई गरेर पैसा पठाउँदा अभिषेकले पाए वीवाइडी अटो १ ईभी कार
  5. विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः रामप्रसाद धिताल नियुक्त
  6. नेप्से १४ अंकले बढ्यो, कारोबार ४ अर्ब ६९ करोड नाघ्यो
  7. नबिल बैंकलाई युरोमनीका तीन प्रतिष्ठित अवार्ड
  8. नेपाल माइक्रो इन्स्योरेन्सका निलम्बित सीईओ मृगेन्द्रनाथ रिमाल पक्राउ
  9. नेपाली बजारमा MAXUS eTERRON 9 Comfort सार्वजनिक, पहिलो ५० ग्राहकलाई विशेष मूल्य
  10. १० ७५३ वटै स्थानीय तहको बाँझो जग्गा अब ‘भूमि बैंक’मार्फत उत्पादनमा लगाइने
  11. ११ प्रधानमन्त्री शाहले अर्ग्यानिक कृषि क्षेत्रका व्यवसायीसँग छलफल गर्दै
  12. १२ विद्युत् निर्यातबाट नेपालले कमायो २९ अर्ब, ऊर्जा व्यापारमा १८ अर्ब ७६ करोडको खुद बचत
  13. १३ नेपालको सार्वजनिक ऋण ३० खर्ब नजिक, एक वर्षमै ३ खर्बभन्दा बढीले बढ्यो
  14. १४ हदबन्दीभन्दा बढी जग्गा राख्ने कम्पनी र संस्थाको स्थलगत अनुगमन गर्न निर्देशन
  15. १५ देशभर जग्गाको सरकारी मूल्यांकन १० प्रतिशतसम्म बढ्यो, काठमाडौंमा प्रतिआना ७६ लाख ६० हजारसम्म