होमपेज > रेड्मी ए–सेभेन नेपाली बजारमा सार्वजनिक

रेड्मी ए–सेभेन नेपाली बजारमा सार्वजनिक

बिज्ञापन

साओमीले नेपाली बजारमा आफ्नो नयाँ इन्ट्री–लेभल स्मार्टफोन रेड्मी ए–सेभेन सार्वजनिक गरेको छ। उत्कृष्ट डिजाइन र ठूलो डिस्प्ले खोज्ने प्रयोगकर्तालाई लक्षित गर्दै कम्पनीले यो सस्तो मूल्यको फोन बजारमा ल्याएको हो।

रेड्मी ए–सेभेनमा ६.८८ इन्चको ठूलो एलसिडी डिस्प्ले रहेको छ, जसले ४५० निट्ससम्मको ब्राइटनेस र १२० हर्जको रिफ्रेस रेट सपोर्ट गर्छ। यसले गर्दा प्रयोगकर्ताले फोन चलाउँदा निकै स्मुथ अनुभव पाउनेछन्।

आँखाको सुरक्षाका लागि यसमा डिसी डिमिङ प्रविधि प्रयोग गरिएको छ, जसले लामो समय स्क्रिन हेर्दा हुने थकान कम गर्छ। १९३ ग्राम तौल भएको यो स्मार्टफोन स्लिक र प्रिमियम लुकमा उपलब्ध छ।

कार्यक्षमताका हिसाबले यसमा ३ जीबी र्‍याम र ६४ जीबी आन्तरिक स्टोरेज रहेको छ। कम्पनीका अनुसार मेमोरी एक्स्टेन्सन सुविधामार्फत र्‍यामलाई ६ जीबीसम्म बढाउन सकिन्छ। फोनमा १३ मेगापिक्सेलको मुख्य क्यामेरा र ८ मेगापिक्सेलको फ्रन्ट क्यामेरा जडान गरिएको छ, जसले कम उज्यालो भएको ठाउँमा पनि गुणस्तरीय फोटो खिच्ने क्षमता राख्छ।

लामो समयसम्म ब्याट्री टिक्ने गरी यसमा ५२०० एमएएचको शक्तिशाली ब्याट्री राखिएको छ, जसलाई चार्ज गर्न १५ वाटको फास्ट चार्जिङ प्रविधि उपलब्ध छ। सुरक्षाका लागि साइड फिंगरप्रिन्ट सेन्सर र एआई फेस अनलक जस्ता विशेषता यसमा छन्। कालो, स्काइ ब्लु र अर्चिड पर्पल रङमा उपलब्ध यो फोनको बजार मूल्य १५ हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ। साओमीले यो मोडलमा आफ्ना ग्राहकलाई दुई वर्षको वारेन्टी समेत प्रदान गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. मनसुन लक्षित सिजी मेरिडियाको नयाँ वाशर ड्रायर सार्वजनिक
  2. पार्क निर्माणमा ३९ करोड ३९ लाख भ्रष्टाचार, पूर्वअर्थमन्त्री साहसहित सात जनाविरुद्ध मुद्दा दायर
  3. एक रुपैयाँ निर्यात गर्दा ६ रुपैयाँ ६५ पैसाको आयात, नेपाल कहिले बन्छ निर्यातमुखी ?
  4. सिद्धार्थ बैंकका ग्राहकलाई वर पिपल रिसोर्टमा १५ प्रतिशतसम्म छुट
  5. अनलाइन बेटिङविरुद्ध प्राधिकरणको कडा कारबाही, २ लाख २३ हजारभन्दा बढी वेबसाइट र एप बन्द
  6. एक वर्षमा २० खर्बभन्दा बढीको वस्तु आयात, निर्यात ३ खर्ब नाघ्यो
  7. अब नेपालमा २०० र ५०० दरका भारतीय नोट सटही गर्न पाइने
  8. ‘राजनीतिक दबाब र सोर्सफोर्स स्वीकार्य छैन, करदातालाई खुसी पारेर राजस्व उठाउनुहोस्’
  9. साउदीबाट टिक्मो मार्फत आइएमई गरेर पैसा पठाउँदा अभिषेकले पाए वीवाइडी अटो १ ईभी कार
  10. १० विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः रामप्रसाद धिताल नियुक्त
  11. ११ नेप्से १४ अंकले बढ्यो, कारोबार ४ अर्ब ६९ करोड नाघ्यो
  12. १२ नबिल बैंकलाई युरोमनीका तीन प्रतिष्ठित अवार्ड
  13. १३ नेपाल माइक्रो इन्स्योरेन्सका निलम्बित सीईओ मृगेन्द्रनाथ रिमाल पक्राउ
  14. १४ नेपाली बजारमा MAXUS eTERRON 9 Comfort सार्वजनिक, पहिलो ५० ग्राहकलाई विशेष मूल्य
  15. १५ ७५३ वटै स्थानीय तहको बाँझो जग्गा अब ‘भूमि बैंक’मार्फत उत्पादनमा लगाइने