होमपेज > स्क्वायर सहकारीको रकम हिनामिनाकाे आराेपमा अध्यक्षसहित ३ जना पक्राउ

स्क्वायर सहकारीको रकम हिनामिनाकाे आराेपमा अध्यक्षसहित ३ जना पक्राउ

बिज्ञापन

काठमाडौंमा फेरि अर्को ठूलो सहकारीको बचतकर्ताको रकम अपचलन गरेको विषय बाहिरिएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले स्क्वायर सहकारीको रकम हिनामिना गरेको भन्दै संस्थाका केही पदाधिकारीलाई पक्राउ गरेको हो ।

काठमाडौंको मखनमा सञ्चालनमा रहेको उक्त सहकारीले बचतकर्तालाई उच्च ब्याज दिन्छु भनेर अन्ततः रकम अपचलन गरेपछि उजुरीका अधारमा प्रहरीले पक्राउ गरेको हो ।सहकारीका संचालकहरुले निक्षेपकर्ताहरुलाई आर्कषक ब्याजदर दिन्छु भनि प्रलोभन देखाई निक्षेपकर्ताको रकम सहकारी मुद्दती, निक्षेप, आवधिक बचत, शेयर तथा विभिन्न बचत खातामा जम्मा गर्न लगाई मासिकरत्रैमासिकरवार्षिक रुपमा ब्याज पाउने र निर्धारित अवधि नाघेपछि निक्षेपको सम्पूर्ण साँवा, ब्याज फिर्ता पाउने विश्वासका साथ उक्त संस्थामा बचतकर्ताहरुले जम्मा गरेको रकमको साँवा, ब्याज फिर्ता नदिई पटक-पटक ताकेता गर्दा पनि फिर्ता नदिएकोले उजुरीका आधारमा पक्राउ गरिएको सीआईबीको भनाइ छ ।

सीआईबीले संस्थाका अध्यक्ष बाशु देव मान जोशी, संस्थाका सचिव सुवर्ण सेलालिक र सदस्य धर्म रत्न पाछैंलाई पक्राउ गरेको हो । उनीहरुले बचतकर्ताको ७ करोड ४० लाख ८७ हजार रुपैयाँ अपचलन गरेको प्रहरीको आरोप छ । आफ्नो निक्षेप जोखिममा रहेको ठानी सम्बन्धीत संस्थाका कर्मचारी तथा पदाधिकारीहरुलाई लामो समय देखि ध्यानाकर्षण गराउँदा समेत नियमानुसार पाउनु पर्ने निक्षेप तथा सोको ब्याज रकम उपलब्ध गराईदिने तर्फ आवश्यक पहल नगरी संस्था नै बन्द गरि बचतकर्ताहरुको आरोप छ । उनीहरुमाथि काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको बताइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. ७५३ वटै स्थानीय तहको बाँझो जग्गा अब ‘भूमि बैंक’मार्फत उत्पादनमा लगाइने
  2. प्रधानमन्त्री शाहले अर्ग्यानिक कृषि क्षेत्रका व्यवसायीसँग छलफल गर्दै
  3. विद्युत् निर्यातबाट नेपालले कमायो २९ अर्ब, ऊर्जा व्यापारमा १८ अर्ब ७६ करोडको खुद बचत
  4. नेपालको सार्वजनिक ऋण ३० खर्ब नजिक, एक वर्षमै ३ खर्बभन्दा बढीले बढ्यो
  5. हदबन्दीभन्दा बढी जग्गा राख्ने कम्पनी र संस्थाको स्थलगत अनुगमन गर्न निर्देशन
  6. देशभर जग्गाको सरकारी मूल्यांकन १० प्रतिशतसम्म बढ्यो, काठमाडौंमा प्रतिआना ७६ लाख ६० हजारसम्म
  7. शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल फेरि पक्राउ
  8. मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?
  9. १३ राजदूतका लागि ३ हजार आवेदन
  10. १० हस्तकला व्यवसायको विकास, विस्तार र संरक्षणका लागि सहकार्य गर्न सरकार तयार
  11. ११ नेप्से करिब १४ अंकले घट्यो, ५ अर्ब १८ करोडको कारोबार
  12. १२ एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ‘प्रदेश बचत खाता’ सुरु
  13. १३ ३ करोड बिक्रीसँगै आयोन बन्यो विश्व ईभी बजारको शक्तिशाली ब्रान्ड
  14. १४ तोलामै ५ हजार ४ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?
  15. १५ मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन