होमपेज > अखाद्य वस्तुको बिक्री गर्ने तीन होटललाई नगद जरिवाना, ११ लाई सुधारात्मक निर्देशन

अखाद्य वस्तुको बिक्री गर्ने तीन होटललाई नगद जरिवाना, ११ लाई सुधारात्मक निर्देशन

बिज्ञापन

पछिल्ला दिनमा नियमित रूपमा बजार अनुगमन गर्दै स्वच्छता र उपभोक्ता हित कायम गराउन अग्रसर वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन वटा फर्मलाई नगद जरिवानासहित कारबाही गरेको छ।

विभागका अनुसार काठमाडौँको कोटेश्वरस्थित होटल ब्लिस्फुल प्रालिलाई ५० हजार रुपैयाँ, गोल्मादेवी भोजनालय एण्ड लजलाई ५ हजार रुपैयाँ र चडेश्वरी नेवारी खाजा घरलाई ५ हजार रुपैयाँ जरिवाना गरिएको हो। ती फर्महरूलाई उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ बमोजिम कसुर गरेको ठहर गर्दै सोही ऐनको दफा ३९ (१) अनुसार कारबाही गरिएको विभागले जनाएको छ।

यसका साथै विभागले अन्य ११ वटा फर्मको स्थलगत अनुगमन तथा निरीक्षण गरी आवश्यक सुधारात्मक निर्देशन दिएको छ। अनुगमनका क्रममा स्वच्छता, मूल्यसूची, खाद्य गुणस्तर र उपभोक्ता अधिकारसम्बन्धी मापदण्डमा ध्यान दिन निर्देशन दिइएको विभागले स्पष्ट पारेको छ।

विभागले कालोबजारी नियन्त्रण, अखाद्य वस्तुको बिक्री वितरणमा रोक लगाउने तथा उपभोक्ता संरक्षणसम्बन्धी कानुनको प्रभावकारी कार्यान्वयन गर्ने उद्देश्यका साथ नियमित रूपमा बजार अनुगमन जारी राख्ने जनाएको छ। उपभोक्ताको स्वास्थ्य र हितसँग खेलवाड गर्ने व्यवसायीलाई कडाभन्दा कडा कारबाही गरिने चेतावनीसमेत विभागले दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. ‘राजनीतिक दबाब र सोर्सफोर्स स्वीकार्य छैन, करदातालाई खुसी पारेर राजस्व उठाउनुहोस्’
  2. साउदीबाट टिक्मो मार्फत आइएमई गरेर पैसा पठाउँदा अभिषेकले पाए वीवाइडी अटो १ ईभी कार
  3. विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः रामप्रसाद धिताल नियुक्त
  4. नेप्से १४ अंकले बढ्यो, कारोबार ४ अर्ब ६९ करोड नाघ्यो
  5. नबिल बैंकलाई युरोमनीका तीन प्रतिष्ठित अवार्ड
  6. नेपाल माइक्रो इन्स्योरेन्सका निलम्बित सीईओ मृगेन्द्रनाथ रिमाल पक्राउ
  7. नेपाली बजारमा MAXUS eTERRON 9 Comfort सार्वजनिक, पहिलो ५० ग्राहकलाई विशेष मूल्य
  8. ७५३ वटै स्थानीय तहको बाँझो जग्गा अब ‘भूमि बैंक’मार्फत उत्पादनमा लगाइने
  9. प्रधानमन्त्री शाहले अर्ग्यानिक कृषि क्षेत्रका व्यवसायीसँग छलफल गर्दै
  10. १० विद्युत् निर्यातबाट नेपालले कमायो २९ अर्ब, ऊर्जा व्यापारमा १८ अर्ब ७६ करोडको खुद बचत
  11. ११ नेपालको सार्वजनिक ऋण ३० खर्ब नजिक, एक वर्षमै ३ खर्बभन्दा बढीले बढ्यो
  12. १२ हदबन्दीभन्दा बढी जग्गा राख्ने कम्पनी र संस्थाको स्थलगत अनुगमन गर्न निर्देशन
  13. १३ देशभर जग्गाको सरकारी मूल्यांकन १० प्रतिशतसम्म बढ्यो, काठमाडौंमा प्रतिआना ७६ लाख ६० हजारसम्म
  14. १४ शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल फेरि पक्राउ
  15. १५ मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?