होमपेज > आज नेशनल लाइफ इन्स्योरेन्सको ३७औँ वार्षिक साधारणसभा

आज नेशनल लाइफ इन्स्योरेन्सको ३७औँ वार्षिक साधारणसभा

बिज्ञापन

नेशनल लाइफ इन्स्योरेन्सको आज असार ५ गतेले ३७ औँ वार्षिक साधारणसभा  हुँदै छ।

उक्त साधारणसभाले हाल कायम चुक्तापुँजीको १० प्रतिशतका दरले हुन आउने ५२ करोड १२ लाख १३ हजार ३०८.२० रुपैयाँ बराबरको नगद लाभांश र ५ प्रतिशतका दरले हुन आउने २६ करोड ६ लाख ६ हजार ६५४।१० रुपैयाँ बराबरको बोनस शेयर वितरणको प्रस्ताव पारित गर्नेछ।

यसैगरी शेयर र नगद लाभांशमा लाग्ने कर प्रयोजनका लागि ०.७८९४७३ प्रतिशतका दरले ४ करोड ११ लाख ४८ हजार ४१८.७० रुपैयाँ लांभाशबाट समायोजन गर्ने प्रस्ताव समेत साधारणसभाले अनुमोदन गर्नेछ। कम्पनीको हालको चुक्तापुँजी ५ अर्ब २१ करोड २१ लाख ३३ हजार ८२ रुपैयाँ छ। बोनस शेयर वितरणपछि कम्पनीको चुक्तापुँजी ५ अर्ब ४७ करोड २७ लाख रुपैयाँ नाघ्नेछ।

साधारणसभाका लागि कम्पनीको चुक्तापुँजी वृद्धि गरी स्वीकृत प्रबन्धपत्रको दफा ८ (ग) तथा नियमावलीको नियम ४ (ग) थप संशोधन गर्ने, कम्पनी ऐन २०६३ को दफा १०५ (१)ग बमोजिम आर्थिक वर्ष २०८०/८१ मा भएको खर्च अनुमोदन गर्ने, संशोधित प्रबन्धपत्र तथा नियमावली अभिलेख गर्ने निकाय वा नियमनकारी निकायवाट कुनै फेरबदल गर्न निर्देशन प्राप्त हुन आएमा सोअनुसार गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्तावमाथि पनि छलफल गर्नेछ।

यसैगरी साधारणसभाले सञ्चालक समितिको कुल ५ जना सञ्चालकको निर्वाचन गर्नेछ। संस्थापक समूहबाट ३ जना र सर्वसाधारण समूहबाट २ जना सञ्चालकको निर्वाचन गर्नेछ। सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ। सोही सभाले चालु आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव अनुमोदन गर्नेछ।

कम्पनीले जेठ २२ गते बुक क्लोज गरेको थियो । यसको अर्थ जेठ २२ गते अघिसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र साधारणसभामा भाग लिन योग्य हुनेछन्। साधारण कम्पनीको केन्द्रीय कार्यालय लाजिम्पाटमा आयोजना गर्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. एक वर्षमा २० खर्बभन्दा बढीको वस्तु आयात, निर्यात ३ खर्ब नाघ्यो
  2. अब नेपालमा २०० र ५०० दरका भारतीय नोट सटही गर्न पाइने
  3. ‘राजनीतिक दबाब र सोर्सफोर्स स्वीकार्य छैन, करदातालाई खुसी पारेर राजस्व उठाउनुहोस्’
  4. साउदीबाट टिक्मो मार्फत आइएमई गरेर पैसा पठाउँदा अभिषेकले पाए वीवाइडी अटो १ ईभी कार
  5. विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः रामप्रसाद धिताल नियुक्त
  6. नेप्से १४ अंकले बढ्यो, कारोबार ४ अर्ब ६९ करोड नाघ्यो
  7. नबिल बैंकलाई युरोमनीका तीन प्रतिष्ठित अवार्ड
  8. नेपाल माइक्रो इन्स्योरेन्सका निलम्बित सीईओ मृगेन्द्रनाथ रिमाल पक्राउ
  9. नेपाली बजारमा MAXUS eTERRON 9 Comfort सार्वजनिक, पहिलो ५० ग्राहकलाई विशेष मूल्य
  10. १० ७५३ वटै स्थानीय तहको बाँझो जग्गा अब ‘भूमि बैंक’मार्फत उत्पादनमा लगाइने
  11. ११ प्रधानमन्त्री शाहले अर्ग्यानिक कृषि क्षेत्रका व्यवसायीसँग छलफल गर्दै
  12. १२ विद्युत् निर्यातबाट नेपालले कमायो २९ अर्ब, ऊर्जा व्यापारमा १८ अर्ब ७६ करोडको खुद बचत
  13. १३ नेपालको सार्वजनिक ऋण ३० खर्ब नजिक, एक वर्षमै ३ खर्बभन्दा बढीले बढ्यो
  14. १४ हदबन्दीभन्दा बढी जग्गा राख्ने कम्पनी र संस्थाको स्थलगत अनुगमन गर्न निर्देशन
  15. १५ देशभर जग्गाको सरकारी मूल्यांकन १० प्रतिशतसम्म बढ्यो, काठमाडौंमा प्रतिआना ७६ लाख ६० हजारसम्म