होमपेज > एक लाख ६० हजारभन्दा बढीले अवलोकन गरे १७औं संस्करणको नाडा अटो शो

एक लाख ६० हजारभन्दा बढीले अवलोकन गरे १७औं संस्करणको नाडा अटो शो

बिज्ञापन

काठमाडौंको भृकुटीमण्डपमा १७औँ संस्करणको नाडा अटो शो, २०२५ सकिएको छ । भदौ ३ देखि सुरु भएको नाडा अटो शो आज (भदौ ८) सकिएको हो ।

यसपटकको नाडा अटो शो भव्यरूपमा सफल भएको नाडाका अध्यक्ष करण चौधरीले दाबी गरे । “हामीले १७औँ संस्करणको नाडा अटो शो, २०२५ निकै भव्य बनाउन सफल भएका छौँ,” उनले भने, “यो ऐतिहासिक शोमा एकलाख ६० हजार बढी दर्शकले अवलोकन गर्नभएको तथ्यांक छ ।”

नाडाको ६ दिन ऐतिहासिक उपलब्धि भएको चौधरी बताउँछन् । “नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका यी उपलब्धिहरूलाई एउटा शुभारम्भको रूपमा लिएको छु । यसले हाम्रो अपेक्षामा अझ वृद्धि भएको छ र नेपाललाई अटोमोबाइल नवप्रवर्तन र भविष्यउन्मुख मोबिलिटी समाधानको उदाउँदो केन्द्र बनाउन हाम्रो आत्मविश्वास थप मजबुत भएको छ,” अध्यक्ष चौधरीले भने ।

समापन समारोहलाई सम्बोधन गर्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नाडाले गरेको नीतिगत विषयलाई आफूले पनि मन्त्रिपरिषद्‌मा उठाउने बताए । नेपालमा प्रत्येक वर्ष हजारौँ मानिसको सडक दुर्घटना हुने गरेको र त्यसलाई सडक सुरक्षाका बारेमा प्रभावकारी बनाउन सके कम हुने उनको भनाइ छ ।

अहिले सरकारी तथ्यांकअनुसार प्रतिदिन सात जनाको मृत्यु भएको देखिन्छ,” उनले भने,“सरकारी तथ्यांक सही नहुन सक्छ । कतिपय दुर्घटना दर्ता भएका हुँदैनन् । त्यसकारण यो निकै ठूलो संख्या हो ।” प्रदर्शनीमा नाडाले हरेकदिन विभिन्न विषयमा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको थियो । यसैक्रममा शनिबार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख नवराज अधिकारीको उपस्थितिमा सडक र यातायात विषयमा अन्तरक्रिया कार्यक्रम गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. एक वर्षमा २० खर्बभन्दा बढीको वस्तु आयात, निर्यात ३ खर्ब नाघ्यो
  2. अब नेपालमा २०० र ५०० दरका भारतीय नोट सटही गर्न पाइने
  3. ‘राजनीतिक दबाब र सोर्सफोर्स स्वीकार्य छैन, करदातालाई खुसी पारेर राजस्व उठाउनुहोस्’
  4. साउदीबाट टिक्मो मार्फत आइएमई गरेर पैसा पठाउँदा अभिषेकले पाए वीवाइडी अटो १ ईभी कार
  5. विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः रामप्रसाद धिताल नियुक्त
  6. नेप्से १४ अंकले बढ्यो, कारोबार ४ अर्ब ६९ करोड नाघ्यो
  7. नबिल बैंकलाई युरोमनीका तीन प्रतिष्ठित अवार्ड
  8. नेपाल माइक्रो इन्स्योरेन्सका निलम्बित सीईओ मृगेन्द्रनाथ रिमाल पक्राउ
  9. नेपाली बजारमा MAXUS eTERRON 9 Comfort सार्वजनिक, पहिलो ५० ग्राहकलाई विशेष मूल्य
  10. १० ७५३ वटै स्थानीय तहको बाँझो जग्गा अब ‘भूमि बैंक’मार्फत उत्पादनमा लगाइने
  11. ११ प्रधानमन्त्री शाहले अर्ग्यानिक कृषि क्षेत्रका व्यवसायीसँग छलफल गर्दै
  12. १२ विद्युत् निर्यातबाट नेपालले कमायो २९ अर्ब, ऊर्जा व्यापारमा १८ अर्ब ७६ करोडको खुद बचत
  13. १३ नेपालको सार्वजनिक ऋण ३० खर्ब नजिक, एक वर्षमै ३ खर्बभन्दा बढीले बढ्यो
  14. १४ हदबन्दीभन्दा बढी जग्गा राख्ने कम्पनी र संस्थाको स्थलगत अनुगमन गर्न निर्देशन
  15. १५ देशभर जग्गाको सरकारी मूल्यांकन १० प्रतिशतसम्म बढ्यो, काठमाडौंमा प्रतिआना ७६ लाख ६० हजारसम्म