होमपेज > काठमाडौँको प्रदूषण नियन्त्रण गर्न हप्ताको दुई दिन सार्वजनिक बिदा दिन सुझाव

काठमाडौँको प्रदूषण नियन्त्रण गर्न हप्ताको दुई दिन सार्वजनिक बिदा दिन सुझाव

बिज्ञापन

वातावरण प्रदूषणको हालको अवस्थाबारे सहरी विकास मन्त्रालयमा छलफल भएको छ । प्रदूषण बढिरहेका बेला यसलाई कसरी रोक्ने र असर कम गर्ने विषयमा सरोकारवाला र विज्ञहरूसँग कार्यवाहक प्रधानमन्त्री समेत रहेका सहरी विकासमन्त्री प्रकाशमान सिंहले बिहीबार छलफल गरेका हुन् ।

छलफलमा विज्ञहरूले प्रदूषण कम नहुँदासम्म हप्ताको दुई दिन सार्वजनिक बिदा दिन र जोर–बिजोर गरेर सवारी साधन चलाउन सरकारलाई सुझाव दिएका छन् । यस्तै सडक र अन्य आयोजना निर्माण गर्दा पनि अनिवार्य रूपमा प्रदूषणसम्बन्धी शुल्क तिर्ने व्यवस्था गरिनुपर्ने समेत विज्ञहरूले सुझाव दिएका छन् ।

छलफलमा बोल्दै सिंहले उद्योगधन्दा कलकारखाना लगायत अन्य पूर्वाधार निर्माणका कारण बढ्दै गएको प्रदूषण रोक्न पहल गर्ने बताए । जसका लागि सम्बन्धित निकायसँग छलफल गरेर प्रदूषण न्यूनीकरण गरिने उनले बताए । ‘पछिल्लो समय बढ्दो रूपमा रहेको प्रदूषण न्यूनीकरणका लागि सम्बन्धित निकायसँग छलफल गर्नुपर्नेछ ,’ सिंहले भने,‘अन्य निकायहरूको छलफल पछि मात्र प्रदूषण रोक्नेबारे निर्णय गर्ने छौँ ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. साउदीबाट टिक्मो मार्फत आइएमई गरेर पैसा पठाउँदा अभिषेकले पाए वीवाइडी अटो १ ईभी कार
  2. विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः रामप्रसाद धिताल नियुक्त
  3. नेप्से १४ अंकले बढ्यो, कारोबार ४ अर्ब ६९ करोड नाघ्यो
  4. नबिल बैंकलाई युरोमनीका तीन प्रतिष्ठित अवार्ड
  5. नेपाल माइक्रो इन्स्योरेन्सका निलम्बित सीईओ मृगेन्द्रनाथ रिमाल पक्राउ
  6. नेपाली बजारमा MAXUS eTERRON 9 Comfort सार्वजनिक, पहिलो ५० ग्राहकलाई विशेष मूल्य
  7. ७५३ वटै स्थानीय तहको बाँझो जग्गा अब ‘भूमि बैंक’मार्फत उत्पादनमा लगाइने
  8. प्रधानमन्त्री शाहले अर्ग्यानिक कृषि क्षेत्रका व्यवसायीसँग छलफल गर्दै
  9. विद्युत् निर्यातबाट नेपालले कमायो २९ अर्ब, ऊर्जा व्यापारमा १८ अर्ब ७६ करोडको खुद बचत
  10. १० नेपालको सार्वजनिक ऋण ३० खर्ब नजिक, एक वर्षमै ३ खर्बभन्दा बढीले बढ्यो
  11. ११ हदबन्दीभन्दा बढी जग्गा राख्ने कम्पनी र संस्थाको स्थलगत अनुगमन गर्न निर्देशन
  12. १२ देशभर जग्गाको सरकारी मूल्यांकन १० प्रतिशतसम्म बढ्यो, काठमाडौंमा प्रतिआना ७६ लाख ६० हजारसम्म
  13. १३ शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल फेरि पक्राउ
  14. १४ मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?
  15. १५ १३ राजदूतका लागि ३ हजार आवेदन