होमपेज > काठमाडौंका विभिन्न क्षेत्रमा आज ११ देखि १ बजेसम्म विद्युत् कटौती

काठमाडौंका विभिन्न क्षेत्रमा आज ११ देखि १ बजेसम्म विद्युत् कटौती

बिज्ञापन

नेपाल विद्युत् प्राधिकरणले आज राजधानीका केही क्षेत्रहरूमा दुई घण्टा विद्युत् आपूर्ति बन्द हुने जानकारी गराएको छ। प्राधिकरणले सूचना जारी गर्दै पानीपोखरी फिडर र हस्पिटल फिडरअन्तर्गतका क्षेत्रमा बिहान ११ बजेदेखि अपराह्न १ बजेसम्म बिजुली कटौती हुने जनाएको हो।

प्राधिकरणका अनुसार लाजिम्पाट, पानीपोखरी, महाराजगञ्ज, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) आसपासका क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध हुनेछ।

यस्तै, राष्ट्रपति भवन, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो र नेपाल प्रहरी अस्पताल क्षेत्र पनि कटौती प्रभावित क्षेत्रमा पर्ने छन्।

काठमाडौँ उपत्यका मध्यम तथा उत्तर वितरण प्रणाली सुदृढीकरण आयोजनाअन्तर्गत वितरण प्रणाली भूमिगत गर्ने कार्य भइरहेकोले, भूमिगत केवल जडानका लागि आज विद्युत् बन्द गरिन लागेको प्राधिकरणको महाराजगञ्ज वितरण केन्द्रले जनाएको छ।

यदि कार्य निर्धारित समयभन्दा अगाडि सम्पन्न भयो भने विद्युत् आपूर्ति सामान्य रूपमा पुनः सुरु हुने भनिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. साउदीबाट टिक्मो मार्फत आइएमई गरेर पैसा पठाउँदा अभिषेकले पाए वीवाइडी अटो १ ईभी कार
  2. विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः रामप्रसाद धिताल नियुक्त
  3. नेप्से १४ अंकले बढ्यो, कारोबार ४ अर्ब ६९ करोड नाघ्यो
  4. नबिल बैंकलाई युरोमनीका तीन प्रतिष्ठित अवार्ड
  5. नेपाल माइक्रो इन्स्योरेन्सका निलम्बित सीईओ मृगेन्द्रनाथ रिमाल पक्राउ
  6. नेपाली बजारमा MAXUS eTERRON 9 Comfort सार्वजनिक, पहिलो ५० ग्राहकलाई विशेष मूल्य
  7. ७५३ वटै स्थानीय तहको बाँझो जग्गा अब ‘भूमि बैंक’मार्फत उत्पादनमा लगाइने
  8. प्रधानमन्त्री शाहले अर्ग्यानिक कृषि क्षेत्रका व्यवसायीसँग छलफल गर्दै
  9. विद्युत् निर्यातबाट नेपालले कमायो २९ अर्ब, ऊर्जा व्यापारमा १८ अर्ब ७६ करोडको खुद बचत
  10. १० नेपालको सार्वजनिक ऋण ३० खर्ब नजिक, एक वर्षमै ३ खर्बभन्दा बढीले बढ्यो
  11. ११ हदबन्दीभन्दा बढी जग्गा राख्ने कम्पनी र संस्थाको स्थलगत अनुगमन गर्न निर्देशन
  12. १२ देशभर जग्गाको सरकारी मूल्यांकन १० प्रतिशतसम्म बढ्यो, काठमाडौंमा प्रतिआना ७६ लाख ६० हजारसम्म
  13. १३ शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल फेरि पक्राउ
  14. १४ मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?
  15. १५ १३ राजदूतका लागि ३ हजार आवेदन