होमपेज > काठमाडौं उपत्यका र आसपासका जिल्लाहरूमा छिटपुट वर्षा

काठमाडौं उपत्यका र आसपासका जिल्लाहरूमा छिटपुट वर्षा

बिज्ञापन

काठमाडौं उपत्यका र आसपासका जिल्लाहरूमा शनिबार छिटपुट वर्षा भएको छ। हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आङ्शिक प्रभाव रहेकाले छिटपुट वर्षा भएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार मोरङमा १४ दशमलव आठ मिलिमिटर वर्षा भएको छ । झापाको बाहुनडाँगीलगायत स्थानमा सात दशमलव चार, इलाममा सात दशमलव चार, खोटाङमा तीन, दोलखामा एक दशमलव दुई, सोलुखुम्बुमा एक दशमलव तीन, सिन्धुपाल्चोकमा एक दशमलव दुई मिलिमिटर वर्षा भएको छ ।

काठमाडौं उपत्यकामा साँझ छिटपुट वर्षा हुँदा चिसो बढेको थियो। महाखाशाका अनुसार देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम सफा छ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी र बागमती प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जर चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ।

वर्षाको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आङ्शिक प्रभाव पर्नसक्ने हुँदा त्यसबाट हुने असरबाट बच्न आवश्यक उपाय तथा सतर्कता अपनाउनुहुन महाशाखाले सबैमा अनुरोध गरेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. एक वर्षमा २० खर्बभन्दा बढीको वस्तु आयात, निर्यात ३ खर्ब नाघ्यो
  2. अब नेपालमा २०० र ५०० दरका भारतीय नोट सटही गर्न पाइने
  3. ‘राजनीतिक दबाब र सोर्सफोर्स स्वीकार्य छैन, करदातालाई खुसी पारेर राजस्व उठाउनुहोस्’
  4. साउदीबाट टिक्मो मार्फत आइएमई गरेर पैसा पठाउँदा अभिषेकले पाए वीवाइडी अटो १ ईभी कार
  5. विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः रामप्रसाद धिताल नियुक्त
  6. नेप्से १४ अंकले बढ्यो, कारोबार ४ अर्ब ६९ करोड नाघ्यो
  7. नबिल बैंकलाई युरोमनीका तीन प्रतिष्ठित अवार्ड
  8. नेपाल माइक्रो इन्स्योरेन्सका निलम्बित सीईओ मृगेन्द्रनाथ रिमाल पक्राउ
  9. नेपाली बजारमा MAXUS eTERRON 9 Comfort सार्वजनिक, पहिलो ५० ग्राहकलाई विशेष मूल्य
  10. १० ७५३ वटै स्थानीय तहको बाँझो जग्गा अब ‘भूमि बैंक’मार्फत उत्पादनमा लगाइने
  11. ११ प्रधानमन्त्री शाहले अर्ग्यानिक कृषि क्षेत्रका व्यवसायीसँग छलफल गर्दै
  12. १२ विद्युत् निर्यातबाट नेपालले कमायो २९ अर्ब, ऊर्जा व्यापारमा १८ अर्ब ७६ करोडको खुद बचत
  13. १३ नेपालको सार्वजनिक ऋण ३० खर्ब नजिक, एक वर्षमै ३ खर्बभन्दा बढीले बढ्यो
  14. १४ हदबन्दीभन्दा बढी जग्गा राख्ने कम्पनी र संस्थाको स्थलगत अनुगमन गर्न निर्देशन
  15. १५ देशभर जग्गाको सरकारी मूल्यांकन १० प्रतिशतसम्म बढ्यो, काठमाडौंमा प्रतिआना ७६ लाख ६० हजारसम्म