होमपेज > कृषि विकास बैंकको १९औँ वार्षिक साधरण सभा सम्पन्न, बोनस शेयर र नगद लाभांश प्रस्ताव पारित

कृषि विकास बैंकको १९औँ वार्षिक साधरण सभा सम्पन्न, बोनस शेयर र नगद लाभांश प्रस्ताव पारित

बिज्ञापन

कृषि विकास बैंक लि.को उन्नााईसौ वार्षिक साधरणसभा सम्पन्न भएको छ । बैंकको आर्थिक वर्ष २०८१।८२ बैंकको केन्द्रिय तालिम प्रतिष्ठान बोडे भक्तपुरमा आज सोमबार सम्पन्न भएको हो ।

बृहत कार्य संजालद्धारा आफ्ना बस्तु/सेवाहरुलाई देशका अति दुर्गमदेखि सुगम ठाउँहरुमा स्थापना भएका शाखाहरु, मुख्य कार्यालय समेत गरी २८५ वटा कार्यालय मार्फत आधुनिक बैकिङ्ग सेवा पुर्‍याउन सफल भएको तथा नेपालका बाणिज्य बैंकहरु मध्ये कृषिमा सबै भन्दा बढी लगानी गरेको छ ।

यस साधरणसभामा शेयर धनीहरुलाई चुक्ता पूंजीको ३.२५ प्रतिशत बोनस शेयर र नगद लाभांश स्वरुप ९.७५ प्रतिशत (कर सहित) उपलव्ध गराउने प्रस्ताव समेत साधरणसभाबाट पारित भैसकेको सन्दर्भमा यथाशिघ्र सोही अनुसारको लाभाशं शेयरधनीहरुलाई उपलव्ध गराईने प्रतिवद्धताका साथ आर्थिक वर्ष २०८१।८२ कृषि विकास बैंक लि.को उन्नाईसौ बार्षिक साधरणसभा बैंक संचालक समितिका अध्यक्ष डिम प्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न भएको हो ।

उक्त साधरणसभामा वक्ताको रुपमा नेपाल सरकार महालेखा नियन्त्रक कार्यालयका प्रतिनिधी मुक्तिरमण पराजुली लगायत ९ जनाले आफ्नो भनाई राखेका थिए भने केहि शेयरधनीहरुले लिखित मन्तव्य समेत दिएका थिए ।

यसरी भाग लिएका शेयरधनीहरुले उठाएका जिज्ञासका सम्बन्धमा संचालक समिति अध्यक्ष डिम प्रसाद पौडेलले स्पष्ट पार्नुका साथै शेयरधनीहरुबाट प्राप्त सुझावहरुलाई नियमानुसार कार्यन्वयन गर्दै जाने प्रतिवद्धता समेत व्यक्त गरे ।

शेयरधनीहरुको वाक्लो उपस्थिती रहेको उक्त साधरणसभामा विभिन्न निकाय/संघ/संस्थाका प्रतिनिधि, बैंकमा कार्यरत उच्च व्यवस्थापक, कर्मचारीहरु र बैंक संचालक समितिका सदस्यहरु क्रमश सेवन्तक पोखरेल, डा.हरी बहादुर के.सी, गोविन्द प्रसाद भट्टराई, संजिव पौडेल, विनोद कुमार गुरागाँई , रीता सुवेदी र प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङको उपस्थिती रहेको थियो भने साधरणसभाको संचालन बैंकका कम्पनी सचिव हिमलाल पौडेलले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. एक वर्षमा २० खर्बभन्दा बढीको वस्तु आयात, निर्यात ३ खर्ब नाघ्यो
  2. अब नेपालमा २०० र ५०० दरका भारतीय नोट सटही गर्न पाइने
  3. ‘राजनीतिक दबाब र सोर्सफोर्स स्वीकार्य छैन, करदातालाई खुसी पारेर राजस्व उठाउनुहोस्’
  4. साउदीबाट टिक्मो मार्फत आइएमई गरेर पैसा पठाउँदा अभिषेकले पाए वीवाइडी अटो १ ईभी कार
  5. विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः रामप्रसाद धिताल नियुक्त
  6. नेप्से १४ अंकले बढ्यो, कारोबार ४ अर्ब ६९ करोड नाघ्यो
  7. नबिल बैंकलाई युरोमनीका तीन प्रतिष्ठित अवार्ड
  8. नेपाल माइक्रो इन्स्योरेन्सका निलम्बित सीईओ मृगेन्द्रनाथ रिमाल पक्राउ
  9. नेपाली बजारमा MAXUS eTERRON 9 Comfort सार्वजनिक, पहिलो ५० ग्राहकलाई विशेष मूल्य
  10. १० ७५३ वटै स्थानीय तहको बाँझो जग्गा अब ‘भूमि बैंक’मार्फत उत्पादनमा लगाइने
  11. ११ प्रधानमन्त्री शाहले अर्ग्यानिक कृषि क्षेत्रका व्यवसायीसँग छलफल गर्दै
  12. १२ विद्युत् निर्यातबाट नेपालले कमायो २९ अर्ब, ऊर्जा व्यापारमा १८ अर्ब ७६ करोडको खुद बचत
  13. १३ नेपालको सार्वजनिक ऋण ३० खर्ब नजिक, एक वर्षमै ३ खर्बभन्दा बढीले बढ्यो
  14. १४ हदबन्दीभन्दा बढी जग्गा राख्ने कम्पनी र संस्थाको स्थलगत अनुगमन गर्न निर्देशन
  15. १५ देशभर जग्गाको सरकारी मूल्यांकन १० प्रतिशतसम्म बढ्यो, काठमाडौंमा प्रतिआना ७६ लाख ६० हजारसम्म