होमपेज > क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको वार्षिक साधारण सभा सम्पन्न

क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको वार्षिक साधारण सभा सम्पन्न

बिज्ञापन

क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको दोस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा सुर्खेतको वीरेन्द्रनगर–६ स्थित कम्पनीको रजिस्टर्ड कार्यालयमा सम्पन्न भएको हो ।

साधारण सभाको प्रारम्भमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रताप मान श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्दै संस्थाको हालको प्रगति तथा भावी योजनाहरूको संक्षिप्त जानकारी दिएका थिए । त्यसपश्चात् साधारण सभामा संचालक समितिका अध्यक्ष ऋषिराज मोरले आफ्नो मन्तव्य सहित कम्पनीको दोस्रो वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

साधारण सभाले गत आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन पारित गरेको छ । लेखापरीक्षकको प्रतिवेदन पनि सभाले अनुमोदन गरेको छ । साधारण सभाले चालु आर्थिक वर्ष २०८१/८२ का लागि बाह्य लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिकसम्बन्धी प्रस्ताव अनुमोदन गरेको छ ।

साधारण सभाले समूह “ख” अन्तर्गत सर्वसाधारण शेयरधनीहरूको तर्फबाट संचालकमा ईश्वर लाल श्रेष्ठ र सुनिता महर्जनलाई निर्विरोध निर्वाचित गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. मनसुन लक्षित सिजी मेरिडियाको नयाँ वाशर ड्रायर सार्वजनिक
  2. पार्क निर्माणमा ३९ करोड ३९ लाख भ्रष्टाचार, पूर्वअर्थमन्त्री साहसहित सात जनाविरुद्ध मुद्दा दायर
  3. एक रुपैयाँ निर्यात गर्दा ६ रुपैयाँ ६५ पैसाको आयात, नेपाल कहिले बन्छ निर्यातमुखी ?
  4. सिद्धार्थ बैंकका ग्राहकलाई वर पिपल रिसोर्टमा १५ प्रतिशतसम्म छुट
  5. अनलाइन बेटिङविरुद्ध प्राधिकरणको कडा कारबाही, २ लाख २३ हजारभन्दा बढी वेबसाइट र एप बन्द
  6. एक वर्षमा २० खर्बभन्दा बढीको वस्तु आयात, निर्यात ३ खर्ब नाघ्यो
  7. अब नेपालमा २०० र ५०० दरका भारतीय नोट सटही गर्न पाइने
  8. ‘राजनीतिक दबाब र सोर्सफोर्स स्वीकार्य छैन, करदातालाई खुसी पारेर राजस्व उठाउनुहोस्’
  9. साउदीबाट टिक्मो मार्फत आइएमई गरेर पैसा पठाउँदा अभिषेकले पाए वीवाइडी अटो १ ईभी कार
  10. १० विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः रामप्रसाद धिताल नियुक्त
  11. ११ नेप्से १४ अंकले बढ्यो, कारोबार ४ अर्ब ६९ करोड नाघ्यो
  12. १२ नबिल बैंकलाई युरोमनीका तीन प्रतिष्ठित अवार्ड
  13. १३ नेपाल माइक्रो इन्स्योरेन्सका निलम्बित सीईओ मृगेन्द्रनाथ रिमाल पक्राउ
  14. १४ नेपाली बजारमा MAXUS eTERRON 9 Comfort सार्वजनिक, पहिलो ५० ग्राहकलाई विशेष मूल्य
  15. १५ ७५३ वटै स्थानीय तहको बाँझो जग्गा अब ‘भूमि बैंक’मार्फत उत्पादनमा लगाइने