होमपेज > गरिमा विकास बैंकद्वारा हरिशयनी एकादशीको अवसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न

गरिमा विकास बैंकद्वारा हरिशयनी एकादशीको अवसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न

बिज्ञापन

गरिमा विकास बैंक लिमिटेडले २०८२ साल असार २२ गते आइतबार हरिशयनी एकादशीको अवसरमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत देशका विभिन्न ६ स्थानमा धार्मिक र वातावरणीय दृष्टिकोणले विशेष महत्व राख्ने बर र पिपलका बिरुवाहरूको वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।

कास्की जिल्लाको खोरपाथे डाँडा र तुलसीघाट, स्याङ्जा जिल्लाको गह्रौ कालिका मन्दिर परिसर, शितलटार पार्क चापाकोट र छाँयाक्षेत्र शिवमन्दिर परिसर तथा दाङ्ग जिल्लाको मोतिपुर पुल क्षेत्रमा बर र पिपल वृक्षारोपण कार्यक्रम सम्पन्न भएको हो । विकास बैंकले आयोजना गरेको बृक्षारोपण कार्यक्रममा विकास बैंकका अध्यक्ष, पूर्व अध्यक्ष, स्थानीय जनप्रतिनिधिहरु, समाजसेवी, विकास बैंकका कर्मचारी, शेयरधनी महानुभावहरु तथा सर्वसाधारणको उत्साहजनक सहभागिता रहेको थियो ।

यस किसिमका कार्यले वातावरण संरक्षण, हरित विकासको प्रवद्र्धनका साथै धार्मिक सम्पदाको संरक्षणमा सहयोग पुग्ने तथा भावी पुस्तालाई स्वच्छ वातावरण हस्तान्तरण गर्न महत्वपूर्ण योगदान पुग्ने विकास बैंकले विश्वास लिएको छ । बृक्षारोपण गरिएको क्षेत्रलाई आगामी दिनमा बर–पिपल चौतारीको रुपमा विकास तथा संरक्षण गर्ने लक्ष्य समेत रहेको छ । यस विकास बैंकले दिगो विकास, वातावरणीय सन्तुलन र सामाजिक उत्तरदायित्व निर्वाह गर्ने उद्देश्यका साथ यस किसिमका कार्यक्रमहरूलाई निरन्तरता दिँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. प्रधानमन्त्री शाहले अर्ग्यानिक कृषि क्षेत्रका व्यवसायीसँग छलफल गर्दै
  2. विद्युत् निर्यातबाट नेपालले कमायो २९ अर्ब, ऊर्जा व्यापारमा १८ अर्ब ७६ करोडको खुद बचत
  3. नेपालको सार्वजनिक ऋण ३० खर्ब नजिक, एक वर्षमै ३ खर्बभन्दा बढीले बढ्यो
  4. हदबन्दीभन्दा बढी जग्गा राख्ने कम्पनी र संस्थाको स्थलगत अनुगमन गर्न निर्देशन
  5. देशभर जग्गाको सरकारी मूल्यांकन १० प्रतिशतसम्म बढ्यो, काठमाडौंमा प्रतिआना ७६ लाख ६० हजारसम्म
  6. शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल फेरि पक्राउ
  7. मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?
  8. १३ राजदूतका लागि ३ हजार आवेदन
  9. हस्तकला व्यवसायको विकास, विस्तार र संरक्षणका लागि सहकार्य गर्न सरकार तयार
  10. १० नेप्से करिब १४ अंकले घट्यो, ५ अर्ब १८ करोडको कारोबार
  11. ११ एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ‘प्रदेश बचत खाता’ सुरु
  12. १२ ३ करोड बिक्रीसँगै आयोन बन्यो विश्व ईभी बजारको शक्तिशाली ब्रान्ड
  13. १३ तोलामै ५ हजार ४ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?
  14. १४ मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
  15. १५ अर्थमन्त्रीले ल्याएको कर, प्रधानमन्त्रीले हटाए : समता कर प्रकरणले उठाएको नीतिगत प्रश्न