होमपेज > त्रिशूली नदीको तटीय क्षेत्रमा सतर्क अपनाउन आग्रह

त्रिशूली नदीको तटीय क्षेत्रमा सतर्क अपनाउन आग्रह

बिज्ञापन

जिल्ला प्रशासन कार्यालय धादिङले त्रिशूली नदीको तटीय क्षेत्रमा सतर्क अपनाउन आग्रह गरेको छ ।

लगातारको वर्षासँगै त्रिशूली नदीको जलप्रवाह बढ्ने सम्भावनालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय धादिङले त्रिशूली नदी किनार क्षेत्रमा बसोबास गर्ने नागरिकहरूलाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको हो ।

प्रशासनले सार्वजनिक सूचना जारी गर्दै त्रिशूली नदीको उपल्लो भूभाग नुवाकोट र रसुवा तर्फ अत्यधिक वर्षा भएको जानकारी दिएको छ। वर्षाको कारणले सडक र पुलमा समेत क्षति पुर्‍याएकाले त्रिशूली नदी किनारका दुवै तर्फ बाढीको जोखिम बढ्न सक्ने प्रशासन कार्यालयको भनाई छ ।

प्रशासनले नदी किनार आसपासका बासिन्दालाई आवश्यकता नपरेसम्म नदीको नजिक नजान, बालबालिका र पशु चौपाया सुरक्षित स्थानमा राख्न, र सम्भावित जोखिम क्षेत्रमा गएका व्यक्तिहरूलाई तत्काल सुरक्षित स्थानमा बस्न प्रशासनले आग्रह गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक नियुक्तिका लागि १३ जनाको आवेदन स्वीकृत
  2. ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्न सकिने
  3. ठमेल र दरबारमार्गमा विशेष प्रहरी अपरेसन: ५७ विदेशी महिला पक्राउ, ४७ जना देश निकाला
  4. बजेटका आर्थिक सुधारका कानुनी र नीतिगत जटिलता ‘मिसन मोड’मा फुकाऔँ : अर्थमन्त्री वाग्ले
  5. नेप्से ७.९० अंकले बढ्यो, कतिको भयो कारोबार?
  6. स्वास्थ्य बीमा बोर्डले पुससम्मका सबै स्वीकृत दाबीको भुक्तानी गर्‍यो
  7. रास्वपा सांसद गणेश पौडेलमाथि कालोमसी, ‘मधेश मुक्ति अभियान’का व्यक्ति भएको दाबी
  8. मनसुन लक्षित सिजी मेरिडियाको नयाँ वाशर ड्रायर सार्वजनिक
  9. पार्क निर्माणमा ३९ करोड ३९ लाख भ्रष्टाचार, पूर्वअर्थमन्त्री साहसहित सात जनाविरुद्ध मुद्दा दायर
  10. १० एक रुपैयाँ निर्यात गर्दा ६ रुपैयाँ ६५ पैसाको आयात, नेपाल कहिले बन्छ निर्यातमुखी ?
  11. ११ सिद्धार्थ बैंकका ग्राहकलाई वर पिपल रिसोर्टमा १५ प्रतिशतसम्म छुट
  12. १२ अनलाइन बेटिङविरुद्ध प्राधिकरणको कडा कारबाही, २ लाख २३ हजारभन्दा बढी वेबसाइट र एप बन्द
  13. १३ एक वर्षमा २० खर्बभन्दा बढीको वस्तु आयात, निर्यात ३ खर्ब नाघ्यो
  14. १४ अब नेपालमा २०० र ५०० दरका भारतीय नोट सटही गर्न पाइने
  15. १५ ‘राजनीतिक दबाब र सोर्सफोर्स स्वीकार्य छैन, करदातालाई खुसी पारेर राजस्व उठाउनुहोस्’